फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भ"/>

2026-09-16 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठौं हेम्जा आलु महोत्सव सुरु


फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । 

महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको थुप्रो ९पहाड०बाटै इच्छुक ग्राहकले प्रति किलो ३२ रुपैयाँमा आलु खरिद गरेर लानसक्ने संयोजक जयराम तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार महोत्सवस्थलको थुप्रोबाटै महोत्सव अवधिभर झन्डै २५ लाखको आलु बिक्री हुनेछ । 

महोत्सवमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुका विभिन्न १५ परिकारका खानेकुरा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम लोकदोहोरी तथा सांङ्गितिक समूहको प्रस्तुति, विभिन्न वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, जापानिज सुन्तला तथा विभिन्न कृषि बीउ बिजन समेत प्रदर्शनी गरिएको छ । 

महोत्सवमा १२ वटा आलुका परिकार, ६० वटा व्यवसायीका उत्पादन, ३० वटा कृषि प्रविधि प्रदर्शनी, एक वटा प्राथमिक उपचार केन्द्र र एक वटा सूचना केन्द्र गरी १०४ वटा स्टल राखिएको छ । यसवर्ष हेम्जामा झन्डै नौ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ । 

हेम्जा र आसपासका गाउँका ६५० हेक्टरमा आलुखेती गरिन्छ भने यसवर्ष ६५० कृषकले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव शुभारम्भ गर्दै किसान व्यावसायिक रुपमै कृषि पेसामा लाग्नुपर्नेमा जोड दिनुभयो । 

युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले कृषिको आधुनिकीकरणका लागि सरकारले किसानलाई विशेष राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता