Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २३ गते, बिहान ४:०५ बजे
बैतडी - BTD

महोत्सवको तयारी तिब्र

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/ मंसिर २३ बैतडी । श्रीकेदार प्रथम सांस्कृतिक महोत्सव २०७२ को तयारी तीब्र रुपमा भइरहेको छ ।  हामि सबैको एउटै सार, अटुट संस्कृति हाम्रो श्रीकेदार भन्ने मुल नाराका साथ यहि मंसिर २८, २९ र पौष १ गते सञ्चालन हुने महोत्सवको तयारी तीब्र रुपमा भइरहेको हो ।

महोत्सवको तयारीका लागि स्टल, स्टेज, स्वागत गेट निर्माण्ाँ कार्य तीब्र रुपमा भइरहेको श्रीकेदार सांस्कृतिक महोत्सव–मुल आयोजक समितिका संयोजक सुरेन्द्र भट्टले वताउनुभयो ।

महोत्सवको बाह्य तयारी करिब ८० प्रतिशत काम उहांले बताउनु भयो । महोत्सवमा दोहोरी गायक रामजी खाँड, हास्य कलाकार राजेश नाथ बैतडी बाजे, डेउडा गायक महेशकुमार औझि लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छन् ।