पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 

८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघ पर्वतको स्वीकृति वेगर प्रतिनिधित्व दावी

२४ फाल्गुन २०७३, मंगलवार ०५:०९

पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 


शान्ति समिति पर्वतमा प्रतिधित्व गरेको भनिएका गणेश पौडेललाई महासंघ पर्वतको नयाँ कार्यसमितिले सिफारिश  गरेको छैन । पत्रकार महासंघ पर्वतका कार्यसमिति सदस्य नरहेका पौडेल   सिफारिस विना पत्रकारको नाममा शान्ति समितिको तीन महिने संयोजक चयन भई सकेका छन् । 


पौडेलले शान्ति समितिमा यस अघिको महासंघ कार्यसमितिबाट प्रतिनिधित्व गर्दै आएका थिए तर अहिलेको नयाँ कार्यसमितिले उनलाई सिफारिश गर्ने वा नगर्ने भन्नेबारे विवाद थियो । यदि पत्रकार महासंघ पर्वतले सिफारिश गर्ने हो भने पौडेलले महासंघ पर्वतसँग सहकार्य गरेर अघि बढ्नुपर्ने सदस्यहरुको राय      थियो ।  

महासंघलाई वेवास्ता गर्दै हिडेपछि शान्ति समितिमा पौडेलको प्रतिनिधित्वको सवालमा सहमति हुन सकेको थिएन । उनको प्रतिनिधित्वको सवालमा पत्रकार सदस्यहरु आपसमा विभाजित भएका थिए । प्रतिनिधि सिफारिशको सवालमा विवाद बढेपछि पत्रकार महासंघका अध्यक्षले नै शान्ति समितिमा प्रतिनिधित्व गर्ने मौखिक सहमति भएको थियो ।


यसै अनुसार पत्रकार महासंघ पर्वतको तर्फदेखि फाल्गुन १० गतेको मितिमा शान्ति समिति पर्वतमा अध्यक्षको नाम प्रस्ताव गरिएको छ । अध्यक्षकै नाम पत्रकार महासंघ पर्वतले शान्तिसमितिमा प्रतिनिधिका लागि पेश गरेपछि विवाद छताछुल्ल भएको हो । 

  पत्रकार महासंघ पर्वतमा वर्तमान कार्य समिति सदस्य नरहेका पौडेल शान्ति समितिको संयोजक हुनु तर महासंघसँग कुनै सहकार्य नगरी हिड्नुले विवाद भएको पत्रकारहरुको आरोप छ । पत्रकारहरुको छाता संगठन मानिएको पत्रकार महासंघ पर्वतलाई वेवास्ता गर्दै हिडेका पौडेल शान्ति समितिको संयोजक बनेपछि विवादित बनेका छन् । पत्रकार महासंघ पर्वतको वैठकले पौडेलको प्रतिधित्वलाई स्वीकार नगरेपछि स्वतः अध्यक्ष नै शान्ति समितिको प्रतिनिधि हुने आम पत्रकारहरुको धारणा छ ।


समाजमा शान्ति र मेलमिलाप स्थापना गर्ने उद्देश्यले गठन गरिएको संस्थामा सिंगो पत्रकार महासंघ पर्वतलाई वेवास्ता गरेपछि शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा अशान्ति मच्चिएको छ ।


 स्थानीय शान्ति समितिमा बढीमा २३ जना सदस्यहरु रहनेछन् । समितिमा स्थानीय गैरसरकारी संस्थाहरु, नागरिक समाजका प्रतिनिधिहरु तथा मानवअधिकारकर्मीहरु मध्येबाट ४ जना सदस्य हुनेमा १ जना प्रतिनिधि पत्रकार महासंघ पर्वतबाट रहन्छन् । नियमानुसार संयोजकको कार्यकाल ६ महिनाको हुनेछ तर यहाँ भागवण्डा मिलाउन ३ महिने तोकिएको छ । यो सरासर नियम विपरित हो ।


 नियम विपरित तीन महिने संयोजक चयन भएका पौडेल अर्कोतिर पत्रकार महासंघ पर्वतको सिफारिस विना नै चोर बाटोबाट प्रतिनिधित्वको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने