पढ्न करिब 1 मिनेट लाग्छ

शागर सर्मा/फागुन २४, प्यूठान । प्यूठानको धुवाङ गाविस वडा नम्वर ३ पूर्ण सरसफाई युक्त घोषणा भएको छ ।

पूर्ण सरसफाईको सवै सूचक पुरा भएपछि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रमको प्रमुख अथिति रहनु भएको सामाजिक विकास अधिकृत चन्द्र जिसीले स्थानियको सक्रियता तथा चेतना अविवृद्धि भएकोले सरसफाई युक्त वडा घोषणा गर्न सफल भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो जुनसुकै कार्यगर्न पनि इच्छा शक्तिको आवश्यक पर्छ अनि मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।’

३ नम्वर वडामा १ सय १५ घरधुरी रहेका छन् । यसअघि गाविसको १, २ र ४ वडा पूर्ण सरसफाईयुक्त घोषणा भइसकेको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका भगवता शर्मा, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

वडा नागरिक मञ्चका संयोजक टिका बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फुलमाया रानाले गर्नुभएको थियो ।