2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रित नपुगी केन्द्रबाट नविकरण भएका सदस्यता अमान्य

दान बहादुर बुढा/फागुन २४, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको आगामी फागुन २६ गते हुन गईरहेको चौंथो जिल्ला अधिवेशनका लागि रित नपुगि अधिवेशनको अन्तिम संघारमा केन्द्रबाट सोझै सदस्यता नविकरण गरि पठाएका सदस्यतालाई अमान्य हुने निर्णय गरेको छ  ।

शाखाको सोमवार गमगढीमा बसेको बैठकले महासंघसंग यस अघि आवद्ध भएका तर वेला वेला सदस्यता नविकरण गर्न सार्वजनिक सुचना जारी गर्दा पनि शाखामा कुनै सम्पर्क नराखेर नविकरण शुल्क समेत नबुझाई एकै चोटी महासंघको केन्द्रीय कार्यालयबाट अधिवेशन हुनु एक दुई दिन पुर्व शाखाको साधारण सदस्यता नविकरण गराएको सुचिमा परेका सदस्यहरुलाई रित नपुगेको अमान्य ठहर हुने भन्दै  अधिवेशनको बन्द सत्रमा समावेश नगराउने निर्णय गरेको शाखाका सचिव दानबहादुर बुढाले जानकारी दिए ।

 महासंघको सदस्यता नविकरण गर्दा संघको विधान बमोजिम सार्वजनिक सुचना भएको अवधि भित्र तोकिएको मापदण्ड अनुसार सम्बन्धित शाखाको सिफारिस भएपछि मात्र केन्द्रीय समितिले नविकरण गर्ने भए पनि नविकरणका लागि पटक पटक सुचना जारी गर्दा समेत सम्पर्कमा नआउने र अधिवेशन हुने वेला एकाएक केन्द्रबाट सदस्यता नविकरण गरि पठाउने प्रचलनले जिल्ला शाखामा विवाद उत्पन्न हुने गरेकाले अब देखि जिल्ला शाखाको सिफारिस विना नै केन्द्रीय समितिले नविकरण गरेका सदस्यता अमान्य हुने पत्रकार महासंघ मुगु शाखाले जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले हालसम्म पनि मुगु शाखामा आवद्ध रहेका शाखाका सदस्यहरुको सदस्यता नविकरण सुचि समेत नपठाएको शाखाले जनाएको छ । यस अघि २२ जना सदस्यता आवद्ध रहेको शाखाका सदस्य मध्य १५ सदस्यले मात्र सदस्यता नविकरणका लागि शाखामा आवेदन दिएका थिए ।

 बैठकले आउदो फागुन २६ गते हुन लागेको शाखाको चौंथो जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्लामा क्रियाशिल रहेका सञ्चार कर्मिहरु र महासंघका सम्पुर्ण कार्य समितिलाई सक्रिय भएर जुट्न आव्हान समेत गरेको छ । 

सोमबार गमगढीमा बसेको शाखाको बैठकले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सम्मान प्रदान गर्नका लागि शाखाका अध्यक्ष सुमन मल्लको संयोजकत्वमा तिन सदस्यीय उत्कृष्ट पत्रकारिता सम्मान छनौट समिति गठन गरेको छ । त्यस्तै  कोषाध्यक्ष नृपेन्द्रबहादुर मल्लको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ