२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रहरीका लागि निशुलक स्वास्थ्य शिविर सञ्चालन

२४ फाल्गुन २०७३, मंगलवार ०८:४६

दान बहादुर बुढा/फागुन २४, मुगु । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि सोमवार एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको आयोजनामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउने अधिकाँश प्रहरी कर्मचारीहरुमा प्रेसरको चाप , ढाड दुख्ने समस्या र पायल्सको समस्या बढि देखिएको शिविरमा खटिएका क्षेत्रीय प्रहरी अस्पतालका डाक्टर रोशन कुमार निरालाले जानकारी दिए । 

मुगु जिल्लामा रहेका २१४ दर बन्दीमा रहेका प्रहरी मध्यसदरमुकाम गमगढी ब जिल्ला प्रहरी कार्यालयमा कार्यरत ७४ जना प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गरिएका छन भने जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकी कालीका मालिका मन्दिर अस्थाई प्रहरी चौकी, चौन चौकी, ताल्च प्रहरी चौकी, कालै प्रहरी चौकी, सोरुकोट प्रहरी चौकी बाट पनि प्रहरीहरु आफ्नो स्वास्थ्य परिक्षण गरेका छन क । गएको फागुन २० गते कालिकोट २१ गते जुम्ला र २३ गते प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य टोलीमा सहभागि प्रहरी हवल्दार विर्खसिंह भण्डारीले जानकारी दिए ।

 प्रहरी सेवामा कार्यरत उच्च स्तरका कर्मचारीलाई विरामी पर्दा प्रहरी अस्पताल तथा अन्य अस्पतालमा उपचार सहज हुने भए पनि तल्लो स्तरका प्रहरी कर्मचारीलाई विरामी भएको वेला पनि विदा नपाईने जस्ता कठिनाई रहेका कारण मध्य पश्चिमका १५ वटै जिल्लामा पुगेर प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गर्न खोजिएको डाक्टर रोसन कुमार निरालाले बताए । 

मध्य पश्चिमका कतिपय जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको आफ्नै अस्पताल छ भन्ने कुराको जानकारी समेत नभएको पाईएकाले त्यसको जानकारी गरानु पनि स्वास्थ्य शिविरको उदेश्य रहेको उनको भनाई छ । 

डाक्टर निराला, डाक्टर शुभेच्छा थिङ्ग सहित छ जना स्वास्थ्यकर्मिको टोली एक दिने स्वास्थ्य शिविर सकेर सोमवार नै फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भिडीयो उज्ञतयज्ञड सम्म सबै हुन सर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य