उनले जनयुद्धको समयमा आफूल"/>
उनले जनयुद्धको समयमा आफूल"/>
पर्वत । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् ।
उनले जनयुद्धको समयमा आफूलाई पार्टीले, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा मध्ये एक जिल्लाको सदरमुकाम उडाउनको लागि आदेश दिएपछि आफू रेक्की गर्नको लागि चार जिल्लाको सदरमुकाम पुगेको बताए । उनले सो बेलामा हरेक जिल्लाको सदरमुकाम र त्यहाँ रहेका सिडिओ कार्यालय, प्रहरीचौकी, कारगारमा आफू पसेर त्यहाँको अबस्थाको बारेमा बुझेको बताए ।
आफ्नो टाउको मुल्य तोकिएको थियो तर पनि सिडिओको कार्यालयमा म आए तर सिडिओले मलाई चिनेनन् । सोही जनयुद्ध र आन्दोलनबाट नै आज देशको अबस्था यहाँ सम्म आइपुगको भन्दै उनले अब ति उपलब्धीलाई संस्थागत गर्नको लागि सवै राजनीतिक दलहरु तीन तहको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नको लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।
उनले जनयुद्ध र त्यसपछिको परिर्वतनले देशको राजनीतिक अबस्थामात्रै नभइ महिला, दलित, जनजाति, आदीबासी, अल्पसंख्यक, मधेसी लगायत तमाम नागरिकहरुको अधिकारलाई स्थापित गरेको र अब त्यसलाई संस्थागत गर्नको लागि राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए ।