कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम "/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा नारी दिवसको अवसरमा विशेष कार्यक्रम हुने

२४ फाल्गुन २०७३, मंगलवार १४:५३

कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम गर्दै छ । 

बदलिँदो परिबेशमा कामकाजी महिला, सन् २०३० सम्म बराबारी पाईला भन्ने मुख्य नारा तथा महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने सहायक नारासहित कार्यक्रम गर्न लागिएको नारी शक्ति बुर्तिबाङका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । नारी शक्ति बुर्तिबाङको आफ्नो नारा भने सक्षम महिला समृद्ध नेपाल रहेको छ । 

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पहिला अधिकारको बारेमा विशिष्ट व्यत्तित्वबाट सम्बोधन सहित चर्चित कलाकारहरुको सांस्कृतिक प्रश्तुति रहने आयोजकले जनाएको छ । 

सो अबसरमा कलाकारहरु बैकुण्ठ महत, शिलु भट्टराई, शितल शर्मा तथा स्थानिय कलाकारको पनि प्रश्तुति रहने सचिव कृष्णकुमारी आचार्यले जानकारी दिनुभयो । भोली विहान ११ बजेदेखि बुर्तिबाङ बसपार्कमा हुने कार्यक्रमको रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्ने छ । 

नारी दिवश महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाउने गर्दछन् ।

सन् १९११ को मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएपछि संसारभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

अहिले नेपालको संविधानमा पनि जनसङख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरु को रहेक क्षेत्रमो समान सहभागितालाई उच्च प्रथमिकता सहित जागिर तथा नेतृत्वमा आरक्षणको व्यवस्था गरिएको छ । 

सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की