दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत ज"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालमैत्री स्थान घोषणा अभियानमा राचुली, अनुगमनको तयारी

२५ फाल्गुन २०७३, बुधबार ०२:३१


दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत जिल्ला सदरमुकाम मान्म देखि पूर्व तर्फ पर्ने राचुली गाविसलाई बालमैत्री क्षेत्र घोषणाका लागि जिल्ला स्तरीय सरोकारवालाहरुले छलफल अगाडी बढाएका छन् । बालमैत्री स्थानीय शासन क्षेत्र घोषणा अभियानलाई सार्थक तुल्याउन आवश्यक सूचकहरु पुराका लागि विगत डेढ बर्ष देखि राचुलीमा संचालित गतिविधि अनुसार सबै सूचक पुरा भएको भन्दै गाविसले दिएको जानकारीलाई मध्यनजर गरी जिल्ला स्तरीय सरोकारवाला विच छलफल अगाडी बढेको हो ।

बालमैत्री स्थान घोषणाका आवश्यक सूचक पुरा भएको भन्दै गाविसले दिएको जानकारी अनुसार यसको यर्थातता अनुगमन गर्न तथा स्थानीय विकास मन्त्रालय संग घोषणा प्रक्रिया प्रमाणिकरणका लागि पहल गर्न जिल्ला स्तरीय सरोकारवालाहरुको बैठक जिल्ला सदरमुकाम मान्ममा बसेको छ । जिल्ला स्तरीय बाल मैत्री स्थानीय शासन समितिका अध्यक्ष एवं स्थानीय बिकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । 

प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख अथित्यता, जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, महिला तथा बालबालिका कार्यालय प्रमुख, जिल्ला खानेपानी, जिल्ला बालकल्याण समिति, सेभ द चिल्डे«न, किर्डाक नेपाल लगायतका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा बैठक बसेको हो । 

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित बैठकमा यहि फागुन भित्र राचुली गाविसमा बालमैत्री शासन घोषणा गर्न आवश्यक पर्ने सूचकहरुको अवस्थाबारे अनुगमन गर्ने र घोषणाका लागि स्थानीय विकास मन्त्रालयमा पहल गर्ने निर्णय समेत गरेको छ । बालमैत्री स्थानिय शासनका क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल कालिकोटका बालसंरक्षण अधिकृत धनिराम न्यौपानेले राचुली गाविसमा बालमैत्री शासनका क्षेत्रमा भएका उपलब्धी बारे जानकारी समेत दिनु भएको छ । 

यस अघि गएको मंसिर ३ गते राचुलीमा संचालित बालमैत्री स्थानीय शासन कार्यान्वयनका आवश्यक सूचकहरुका बारे अनुगमन गरी बाकि सूचकहरु यहि फागुन मसान्त भित्र पुरा गर्न स्थानीय सम्पूर्ण सरोकारवालाहरुले लिखित प्रतिवद्धता समेत गरेका थिए । राचुलीमा सेभ द चिल्ड्रेनको साझेदारी, बर्नेजिएनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाको पहलमा बालमैत्री स्थानीय शासन कार्यान्वय प्रक्रिया अगाडी बढी गाविसलाई बालविवाहमुक्त, अनिवार्य आधारभूत शिक्षा, पूर्ण साक्षर, पूर्ण खोप युक्त, पूर्ण जन्मदर्ता, विद्यालय शान्ति क्षेत्र घोषणा जस्ता अधिकांश सूचकहरु पुरा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य