फागुन २५, सप्तरी । प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, सप्तरी । प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घर"/>

2026-11-01 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाद्वारा प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड


फागुन २५, सप्तरी । प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । 

राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ््याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । 

यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज– ९ स्थित सम्र्पक कार्यालयामासमेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन । 

तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ््याल ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनको तेस्रो दिन अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्याकर्ताले एमाले सर्मथक एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सञ्चालित राजविराज– ९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् । स्कुलमा रहेका कुर्सी टेबुल, झ्याल ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ । 

त्यस्तै राजविराज– ५ स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा रहेको पार्टीको झन्डा झिकेर जलाइएको छ । त्यसैगरी स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । 

तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ्याल र ढोकामा क्षति पुगेको छ । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज– ४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी सामान्य क्षति पु¥याएको प्रहरीले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द