२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सोह्रवर्षदेखि चिकित्सकविहीन बैतडीको स्वास्थ्य केन्द्र

२५ फाल्गुन २०७३, बुधबार ०८:०४

फागुन २५, बैतडी । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् ।

स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए । त्योबाहेक प्राथमिक स्वास्थ्यकेन्द्र स्थापना भएको १६ वर्ष बितिसक्दासमेत तल्लो स्वराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भएपनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले बताए । 

दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् । 

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा, मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिकरुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताए। 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको भएपनि कुनै सुनुवाइ नभएको गुनासो गरे । उनले भने, “सरकारसँग धेरै पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएन ।”

सरकारले चालु आर्थिक वर्षको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा यही फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । तर मेलौलीमा चिकित्सक नभएका कारण सेवा सञ्चालन गर्न समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली