2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दादुरा रुबेला खोप अभियान माघ २४ बाट हुने

नरी बडु, माघ १८ बैतडी ।
खोपको नियमित कार्यक्रम अन्र्तगत बैतडीमा दादुरा रुबेला खोप अभियान अहि माघ महिनाको २४ गते बाट संञ्चालन हुने भएको हो ।

भगोलिक दृष्टीकोणले विकट र ठुलो रहेको बैतडी जिल्लमा २४ गतेबाट २ चरणमा उक्त अभियान संञ्चालन हुने भएको हो ।

पहिलो चरणमा माघ २४ गते देखि जिल्लाका २४ गाविस र २ नगरपालीका मा अभियान संञ्चालन हुने र दोस्रो चरणमा जिल्लाका ३४ वटा गाविसहरुमा अभियान संञ्चालन गरीने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत विरेन्द्र भट्टले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका ६१३ खोपकेन्द्रहरुबाट ९ महिनादेखि ५ वर्ष सम्मका ३६ हजार ७ सय ८० बालबालीकाहरुलाई दादुरा रुबेलाको खोप लगाईने र सोहि अवसरमा जन्मेदेखि पाँच वर्ष मुनिका ४१ हजार पाँच सय २८ बालबालीकाहरुलाई पोलियो थोपा खुवायिने छ ।

सबैभन्दा छिटो सर्ने सरुवारोगको नामले चिनिने दादुरा रोग कुनै टुटेका व्यक्तिबाट सबैमा माहामारिका रुपमा फैलिनसक्ने भएकाले नेपाल सरकारले चार/चार वर्षको फरकमा यो खोप लगाउने गरेको अधिकृत भट्टले बताउनुभयो ।

दादुरा रुबेला खोपबाट बच्ने एकमात्र उपाय दादुरा रुबेला खोप भएकाले सबैले नछुटाएर खोप लाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।

उक्त अभियानको लागि बैतडीमा करीब ४३० जना स्वास्थ्यकर्मि र १२ सय भन्दा बढी स्वयम सेवकहरु परिचालन गरीने जिल्ला स्वस्थ्य कार्यालय बैतडीका प्रमुख गुणराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई