२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दादुरा रुबेला खोप अभियान माघ २४ बाट हुने

१८ माघ २०७२, सोमबार १४:३१

नरी बडु, माघ १८ बैतडी ।
खोपको नियमित कार्यक्रम अन्र्तगत बैतडीमा दादुरा रुबेला खोप अभियान अहि माघ महिनाको २४ गते बाट संञ्चालन हुने भएको हो ।

भगोलिक दृष्टीकोणले विकट र ठुलो रहेको बैतडी जिल्लमा २४ गतेबाट २ चरणमा उक्त अभियान संञ्चालन हुने भएको हो ।

पहिलो चरणमा माघ २४ गते देखि जिल्लाका २४ गाविस र २ नगरपालीका मा अभियान संञ्चालन हुने र दोस्रो चरणमा जिल्लाका ३४ वटा गाविसहरुमा अभियान संञ्चालन गरीने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत विरेन्द्र भट्टले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका ६१३ खोपकेन्द्रहरुबाट ९ महिनादेखि ५ वर्ष सम्मका ३६ हजार ७ सय ८० बालबालीकाहरुलाई दादुरा रुबेलाको खोप लगाईने र सोहि अवसरमा जन्मेदेखि पाँच वर्ष मुनिका ४१ हजार पाँच सय २८ बालबालीकाहरुलाई पोलियो थोपा खुवायिने छ ।

सबैभन्दा छिटो सर्ने सरुवारोगको नामले चिनिने दादुरा रोग कुनै टुटेका व्यक्तिबाट सबैमा माहामारिका रुपमा फैलिनसक्ने भएकाले नेपाल सरकारले चार/चार वर्षको फरकमा यो खोप लगाउने गरेको अधिकृत भट्टले बताउनुभयो ।

दादुरा रुबेला खोपबाट बच्ने एकमात्र उपाय दादुरा रुबेला खोप भएकाले सबैले नछुटाएर खोप लाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।

उक्त अभियानको लागि बैतडीमा करीब ४३० जना स्वास्थ्यकर्मि र १२ सय भन्दा बढी स्वयम सेवकहरु परिचालन गरीने जिल्ला स्वस्थ्य कार्यालय बैतडीका प्रमुख गुणराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ