फागुन २६, काठमाडौं । राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता समर्थक मधेसी मोर्चाको दोहोरो चेपुवामा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाबारे छानबिन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता समर्थक मधेसी मोर्चाको दोहोरो चेपुवामा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाबारे छानबिन ग"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनबाट ब्याक हुन्न, बरु राजीनामा दिन्छुः दाहाल

२०७३, २६ फाल्गुन बिहीबार ०१:३९

फागुन २६, काठमाडौं । राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता समर्थक मधेसी मोर्चाको दोहोरो चेपुवामा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजविराज घटनापछि उत्पन्न परिस्थिति विश्लेषण गर्न एमाले र मधेसी मोर्चासँग गरेको छुट्टाछुट्टै छलफलमा दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले नेतासँगको बैठकमा प्रधानमन्त्री दाहालले सप्तरी घटना छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको बिग्रँदो परिस्थितिलाई ध्यानमा राख्दै मेची—महाकाली अभियान अघि नबढाउन ओलीसँग आग्रह गरेका थिए ।

दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो प्रधानमन्त्रीको प्रतिबद्धता हो । मुलुकको अहिलेको अवस्थालाई हेर्दै यसलाई स्विकार्नुहोला ।’ ‘निर्वाचनबाट म ब्याक हुन्न तर त्यसका लागि उपयुक्त वातावरण आवश्यक छ’, दाहालले ओलीलाई भनेका थिए । ओलीले एमाले नेता-कार्यकर्तालाई मोर्चाले निशाना बनाएको भन्दै आक्रोश पोखेका थिए । उनले सप्तरी घटनामा सरकार संवेदनशील भई दोषीमाथि कारबाही गर्न पनि माग गरेका थिए । दाहालले ओलीलाई मधेसी मोर्चाका नेतासँगको बैठकबारे पनि संक्षिप्त रूपमा अवगत गराएका थिए ।

सत्ता गठबन्धन-मधेसी मोर्चा बैठकमा तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिंहदरबारमा आउने जुनसुकै सरकारले पनि मधेसीलाई गोलीको निशाना बनाउने गरेको भन्दै आक्रोश पोख्दै राजविराज घटनाका लागि उक्साउनेमाथि कारबाही माग गरेका थिए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘प्रधानमन्त्रीजी आज तपार्इंलाई दिएको पाँचबुँदे ज्ञापनपत्रको उद्देश्य हामीबीच साउन १९ देखि प्रारम्भ भएको सम्बन्ध अनौपचारिक रूपमा टुटेकै भन्ने हो । सात दिनभित्र माग पूरा नभए तपार्इंको सत्तासँग हाम्रो औपचारिक रूपमै सम्बन्ध टुट्छ ।’

मोर्चाको ज्ञापनपत्र बुझ्दै दाहालले सत्ता गठबन्धनमा सहभागी दलको सल्लाहमा अघि बढ्ने बताएका थिए । दाहालले भने, ‘संविधान संशोधन निर्वाचनअघि चाहेर पनि गर्न सकिँदैन । तपाईंहरू बुझेर पनि बुझ पचाउने काम नगर्नुहोस् ।’ यो सरकार ढालेर फेरि मधेसीलाई गोली हान्ने सरकार ल्याउने हो भन्ने प्रतिप्रश्न गर्दै दाहालले भनेका थिए, ‘गोली मेरो कारण चलेको थिएन । यो मोर्चा, एमालेलाई थाहा छ । यो सरकार ढालेर ओलीकै सरकार ल्याउने भए मेरो भन्नु केही छैन ।’

‘सरकारलाई समर्थन जारी राख्ने/नराख्ने अधिकार मोर्चामै छ’, दाहालले भनेका थिए, ‘मोर्चाका साथीहरूले सरकारलाई समर्थन गरे पनि नगरे पनि तपाईंहरूको माग पूरा गर्नु मेरो जिम्मेवारी हो ।’

मोर्चाका माग

– स्थानीय निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम फिर्ता गर्नुपर्ने

– संविधान संशोधन गरी मोर्चाले उठाएका मुद्दालाई सम्बोधन गरिनुपर्ने ।

– पुनःसंरचनालगायत विषय मोर्चा र गठबन्धनको सहमतिमा गरिनुपर्ने

– संघीय संसद्, प्रदेशसभा र प्रादेशिक सरकारले स्थानीय तहको संरचना र निर्वाचन गराउन कानुनी व्यवस्था गर्नुपर्ने

– तीनबुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने

– सप्तरीमा मारिएकालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने

– घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने

– सप्तरी घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने

राजविराज घटना राजनीति कारणः दाहाल

एमालेका नेतासँगको बैठकमा प्रधानमन्त्री दाहालले भनेका थिए, ‘ओलीजी राजविराज घटना हुनुमा प्रमुख तीन दलबीचको राजनीति असहमति नै प्रमुख कारण हो ।’ यसअघि ओलीले राजविराज घटनाको छानबिन हुनुपर्ने, आक्रमकणकारीमाथि कारबाही हुनुपर्ने, स्थानीय निर्वाचन गराउने प्रतिबद्धता आउनुपर्ने, एमालेको मेची-महाकाली अभियानलाई सुरक्षा प्रदान गर्न माग राखेका थिए ।

ओलीका माग सुनेपछि दाहालले भनेका थिए, ‘बरु सत्ता त्याग्छु, निर्वाचनबाट ब्याक हुन्न । राजविराज घटना राजनीतिका कारण भएको हो । त्यसका लागि प्रमुख तीन दल एक हुनै पर्छ । मेची-महाकाली अभियान रोकौं ।’

ओलीले सत्ता पक्षले मोर्चा उचालेको भन्दै दाहालसँग आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘हाम्रा नेता तथा कार्यकर्तालाई मोर्चाले निसाना बनायो । कार्यकर्ताको घर ध्वस्त पार्‍यो ।’

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बैठकमा एमालेजस्तो राष्ट्रवादी पार्टीले मेची-महाकाली अभियान स्थगन गर्नु राष्ट्रको हितमा हुने बताएका थिए ।

एमाले उपाध्यक्ष वामदेव गौतमले देशमा सरकार भए/नभएको प्रश्न गर्दै सरकार भएको भए राजविराज घटना किन भयो भन्ने प्रश्न राख्दै २७ गतेबाटै पुनः मेची-महाकाली अभियान सुरु हुने अवगत गराएका थिए ।

‘गृहमन्त्रीलाई नत्थी लाउनुहोस्’ कांग्रेस’

एमाले र माओवादी केन्द्रको बैठकलगत्तै दाहाल र ओलीबीच आधा घन्टा गोप्य मन्त्रणा भएको छ । गोप्य मन्त्रणामा ओलीले दाहाललाई भनेका थिए, ‘गृहमन्त्रीका सार्वजनिक भनाइ र सप्तरीको घटना मेल खाएकाले यस्ता कुरामा नियन्त्रण गर्नुहोस् । हामीले गृहमन्त्री हटाइहाल्नुस् भन्ने माग गरेका छैनौं । गृहमन्त्रीको नाकमा नत्थी लाउनुहोस् ।’

ओलीको मागमा दाहालले भनेका थिए, ‘सत्ता समीकरणको विज्ञ तपाईंले सबै बुझेकै हुनुहुन्छ । गृहमन्त्रीका भनाइप्रति मेरो पनि असन्तुष्टि छ ।’ ओलीले दाहाललाई भने, ‘चुनाव कुनै पनि हालतमा हुनुपर्छ । मुलुकमा जे-जस्ता घटना घटे/घट्दै छन् तिनको उद्देश्य निर्वाचन रोक्नु हो । चुनावको पक्षमा मोर्चा छैन, कांग्रेस छ ।’

‘चुनाव गराउँदा सत्ता ढाल्ने/ढल्ने खेल कहीँ-कतैबाट भए त्यसबाट बचाउने कार्यमा एमाले प्रतिबद्ध छ’, ओलीले भने । प्रत्युत्तरमा दाहालले भने, ‘म निर्वाचनबाट कुनै हालतमा पनि ब्याक हुन्न, बरु प्रधानमन्त्रीको कुर्सीबाट राजीनामा दिन तयार छु ।’ अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा