२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जिविसबाट बजेट छुट्याउन बर्दियाका द्वन्द्वपीडितको माग

२६ फाल्गुन २०७३, बिहीबार ०७:०३

फागुन २६, बर्दिया । सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका व्यक्ति तथा परिवारका सदस्यले द्वन्द्वपीडित लक्षित कार्यक्रम तथा आयोजनाको लागि पनि जिल्ला विकास समितिले बजेट छुट्याउनु पर्ने माग गरेका छन् । 

हरप्लेस, बर्दियाको आयोजना र द्वन्द्वपीडित समिति, बर्दियाको समन्वयमा बर्दियाको गुलरियामा बुधबार भएको ‘द्वन्द्वपीडितको सवाल र स्थानीय सेवा प्रदायकको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा अधिकांश द्वन्द्वपीडित आर्थिकरुपमा कमजोर भएकाले उनीहरुलाई लक्षित गर्दै आयआर्जनमूलक, सीपमूलकलगायत सशक्तीकरणका आयोजना तथा कार्यक्रमका लागि बजेट छुट्याउन जिल्ला विकास समितिलाई आग्रह गरिएको थियो । 

त्यसका साथै जिल्ला विकास समितिद्वारा निर्माण गरिने सडक, प्रतिक्षालय, पुल जस्ता भौतिक पूर्वाधारमा राजनीतिक सहमति जुटाई त्यस क्षेत्रका द्वन्द्वपीडितको नामबाट नामाकरण गर्न माग गरेका थिए । 

त्यसैगरी, प्रभावकारीरुपमा कार्य गर्न गाविसस्तरीय स्थानीय शान्ति समितिको पुनःगठन गर्न स्थानीय समिति बर्दियालाई आग्रह गरेका थिए । गाविसस्तरीय स्थानीय शान्ति समिति गठन भएदेखि अहिलेसम्म पुनःगठन नै भएको छैन र आफूखुसी चलाएको भन्ने गुनासो द्वन्द्वपीडितको रहेको छ । 

स्थानीय शान्ति समिति गठन तथा सञ्चालन निर्देशिका अनुसार ६÷६ महिनामा संयोजक फेर्ने भनिएता पनि कुनै कुनै गाविसमा हालसम्म पनि फेरबदल नभएको गुनासो द्वन्द्वपीडितको रहेको छ जसले गर्दा द्वन्द्वपीडितका सवाल र समस्यका विषयमा पहल गर्ने दरिलो संयन्त्रको अभाव द्वन्द्वपीडितले महसुस गरिरहेका छन् । 

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तेजराज शर्माले भन्नुभयो “आगामी वर्षका लागि द्वन्द्वपीडित लक्षित कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याउने छु । द्वन्द्वपीडितसँग सम्बन्धित आयोजना तथा कार्यक्रम अहिलेसम्म समावेश गरिएको छैन । तर अब यस सवाललाई गम्भीरताका साथ लिएको छु ।” 

यस अन्तरसंवाद कार्यक्रमको अध्यक्षता द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम चौधरीले गर्नुभएको थियो र प्रमुख अतिथिको रुपमा स्थानीय विकास अधिकारी तेजराज शर्मा हुनुहुन्थ्यो । 

त्यसैगरी, अतिथिका रुपमा महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि, स्थानीय शान्ति समिति, बर्दियाका प्रतिनिधि सुशील थापा उपस्थित हुनुभएको थियो र द्वन्द्वपीडित उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन हरप्लेस, बर्दियाका जिल्ला संयोजक कुलराज चौधरीले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की