फागुन २६, भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभ"/>
2026-09-19 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको दिल्पामा साक्खेवाटाङको शिलान्यास

फागुन २६, भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभएको छ । 

भोजपुरको दिल्पा नागी स्थित खोङटाङमा बुधबार एक भव्य कार्यक्रमका बीच सांसदहरु कुमारीलक्ष्मी राई, जयन्ती राई र सइन्द्र राईले समेत साकेवा (चण्डी नाच) हुने देवीस्थान र त्यहाँका भौतिक संरचनाको शिलान्यास गर्नुभएको हो । 

करिब रु नौ करोड बराबरको लागतमा निर्माण हुन लागेको धियाङवाखा साक्खेवाटाङ (किराँत धार्मिकस्थल) लाई १३ रोपनी जग्गा भने स्थानीयबाट निःशुल्क प्राप्त भइसकेको संरक्षण तथा सम्वद्र्धन मूल समितिका अध्यक्ष धर्मराज राईले जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री राईले गुरुयोजना अनुसार काम हुनसके संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा साकेवा शिली समेत प्रस्तुत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई