२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा अग्निरेखा निर्माणको काम अन्तिम चरणमा

२०७३, २६ फाल्गुन बिहीबार ०७:२५

फागुन २६, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र अग्निरेखा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

यस सँगसँगै घाँसे मैदानका लागि नियन्त्रित आगोसमेत लगाउन थालिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार पूरै निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गरिन्छ । यकिन क्षेत्रफल थाहा नहुने भए पनि २५० किलोमिटरभन्दा बढी क्षेत्रमा अग्निरेखा निर्माण गरिने उहाँले बताउनुभयो । 

पाँच मिटरको हाराहारीको चौडाइमा रहेका घाँस पातपतिङ्गर हटाएर दुई क्षेत्रमा विभाजन गर्ने काम नै अग्निरेखा हो । जसले एकापट्टि क्षेत्रमा आगलागी हुँदा सो आगो अर्को क्षेत्रमा जान दिँदैन । जसले गर्दा एकातर्फ आगो लाग्दा वन्यजन्तु अर्कोतर्फ गएर बस्न र चर्न पाउने अर्यालले बताउनुभयो । 

घाँसे मैदान व्यवस्थापन गर्नका लागि कतिपय ठाउँमा निकुञ्ज आफँैले नियन्त्रित आगो लगाउँछ भने कतिपय क्षेत्रमा आफँै आगो लाग्ने गर्दछ । अग्निरेखा निर्माण कार्य माघको पहिलो सातावाट सुरु गरिएकामा यो महिनाको मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निकुञ्जले राखेको छ । 

वन क्षेत्रको अवस्था हेरेर अग्निरेखा निर्माण गर्ने क्षेत्र तय गरिन्छ । एउटा अग्निरेखाबाट अर्को अग्निरेखाको दूरी वनको अवस्थामा निर्भर हुने उहाँले बताउनुभयो । 

नदी तटीय क्षेत्रमा जोखिम कम हुने हुँदा एउटाबाट अर्को अग्निरेखाको दूरी लामो हुन सक्छ भने साल र मिश्रित वनमा दूरी कम हुने अर्यालले बताउनुभयो । यद्यपि निकुञ्जको बीचमा खोलानाला भएको ठाउँमा अग्निरेखा जरुरत हुँदैन । 

राम्रो घाँसे मैदान निर्माणका लागि आगो लगाउनु अति आवश्यक हुन्छ । अग्निरेखा अन्तिम चरणमा पुग्दै गर्दा घाँसे मैदान व्यवस्थापनका लागि आगो लगाउने कार्य तीव्र गतिमा अघि बढेको निकुञ्जले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा