Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
प्युठान - PTN

प्युठानको माझकोट पूर्ण सरसफाईयुक्त बन्यो

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/फागुन २६, प्युठान । माझकोट गाविसको २ नम्वर वडा पूर्ण सरसफाई युक्त घोषणा भएको छ ।

वडा भित्र रहेका ४४ घरधुरीले सरसफाईका सवै सूचकहरुको प्रयोग गरेपछि आज एक कार्यक्रमका बीच वडालाई सरसफाईयुक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा प्रमुख अतिथी स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्यालले घोषणा भएको वडालाई सरसफाई निरन्तर राख्न आग्रह गर्नुभयो । उहाँले सरसफाईसँगै गाउमा बालबालिकालाई विद्यालय पढाउने, बालविवाह रोक्ने, बनजंगल संरक्षण गर्ने, आयआर्जनको कृयाकलाप सञ्चालन गर्ने कार्यमा अग्रसर हुन समेत आग्रह गर्नुभयो ।

वडा नागरिक मञ्चका सह संयोजक शिवराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ, जिविसका सव इन्जिनियर दिनेश केसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा, गाविस सचिव पुष्पराज थापा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, परियोजनाका स्वास्थ्य प्रर्वद्धक गोमा श्रेष्ठ र बसन्ता केसीको समेत उपस्थिती थियो । कार्यक्रमको सञ्चालन स्थानीय मदन भण्डारीले गर्नुभएको थियो ।