२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको क्षेत्रिय अधिवेसन मा कस्ले मार्यो बाजि पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

२३ माघ २०७२, शनिबार ०२:४३

नरी बडु, माघ २३ बैतडी ।
नेपाली कंग्रेसको १३ औँ जिल्ला अधिवेसन अन्र्तगत शुक्रबार क्षेत्रिय अधिवेसन सम्पन्न भएको छ ।
बैतडी जिल्ला क्षेत्र नं. १ को पाटन महिला विकास को हलमा र क्षेत्र नं. २ को जगन्नाथ बहुमुखि क्याम्पस ठोठलापानीको हलमा अधिवेसन सम्पन्न भएको हो ।
क्षेत्र नं. १ को सभापतिमा गौरीसिह रावलले बाजि मारेका छन् । प्रतिद्वन्दी खगेन्द्र धामिलाई ६६ मतले पराजित गर्दै रावलले सभापतिको नेतृत्व कब्जा गरेका हुन् ।
यस्तै क्षेत्र नं. १ को सचिवमा चक्र बहादुर चन्द, कोषाध्यक्षमा अमर बहादुर बोहरा बिजयि भएको पाटनका पत्रकार बसन्त विष्टले जानकारी दिए ।
विष्टका अनुसार क्षेत्र नं. १ को माहाधिवेसन प्रतिनिधिमा उत्तर ऐर, केसब बहादुर चन्द, हरिमोहन भण्डारी, अम्मर बहादुर विष्ट, दिपक बम, लोकराज अवस्थी खुल्लाबाट त्यस्तै आदिवासी मा किरण कुमार राई, दलितबाट खेमराज लुहार, महिलाबाट सरस्वति कोली र जयन्ती कुवर कुवर(भण्डारी) र अपाङ्गबाट मान बहादुर ऐर चुनिएका छन् ।
क्षेत्र नं. २ को क्षेत्रिय सभापतिको बाजि तेजबहादुर चन्दले मारेका छन् । प्रतिद्वन्दी प्रेम बहादुर चन्द र यज्ञराज पन्तलाई उछिन्दै तेजबहादुरले बाजि मारेका हुन् ।
यस्तै सचिवमा सिवराज भट्टले बाजि मारेका छन् । क्षेत्रिय सचिवका बलिया प्रतिद्वन्दी सुरेन्द्र प्रशाद भट्टलाई उछिन्दै सिवराजले बाजि मारेका हुन् ।
कोसाध्यक्षमा तारादत्त बडुले बाजि मारेको बताईएको छ । महिला प्रतिद्वन्दी बसन्ती कार्किलाई उछिन्दै बडुले बाजि मारेका हुन् । क्षेत्र नं. २ को कार्यसमिती सदस्यहरुमा उत्तर कार्कि, झापु महता,
नरेन्द्र चन्द, विस्ना जोशि, सेर ब. चन्द, रन ब. बोहरा, भुवन राज भट्ट, नरेन्द्र जोशि, संकर सिह कार्कि चुनिएका छन् ।
यस्तै क्षेत्र नं. २ को माहाधिवेषन प्रतिनिधिमा जिल्ला सभापतिको बलिया उमेदबार चतुरबहादुर चन्द, विनयधोज चन्द, नर बहादुर चन्द, कर्ण साउद, नरेन्द्र सिह थापा, दिनेस बहादुर चन्द खुल्लाबाट चुनिएका छन् त्यस्तै महिला बाट मिना चन्द र माया बोहरा दलितबाट संकर नेपाली, अपाङ्गबाट चन्द्रसिह भाट र जनजातिबाट उसा गुरुङ माहिधिवेसन प्रतिनिधिमा चुनिएका छन् ।
बैतडी जिल्लाको क्षेत्र नं. १ मा संस्तापन र देउवा पक्षेले ५०/५० प्रतिशत बाजि मारेको बताईको छ भने क्षेत्र नं. २ को कार्यसमितीमा संस्तापन पक्षको बर्चश्व कायम छ । यस्तै क्षेत्र नं. २ को माहाधिवेसन प्रतिनिधिमा भने देउवा पक्ष बढी रहको नेपाली कंग्रसका प्रचार प्रसार संयोजक रमेस भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने