पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ ।"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा मृगौला रोगीको संख्या बढ्दो

२०७३, २७ फाल्गुन शुक्रबार ०५:००


पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला दिवस मनाउन सुरु गरिएको हो ।

पर्वतमा मृगौला रोगीको तथ्याङक कति छ भन्ने बारेमा एकिनका साथ भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पर्वत जिल्लामा मृगौला रोगीको संख्या बढेको छ वा छैन त्यसको बारेमा सर्वैक्षण नगरी भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख फणिन्द्र बराल बताउँछन् । 

जिल्लामा मृगौला रोगीको सर्वेक्षण नभएकोले अझसम्म मृगौला रोगीको बारेमा तथ्याङक संकलन गर्न नसकिएको  उनले बताए । कडा मृगौला रोग लागेर स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएका मृगौला रोगीको तथ्याङक भने जिल्लामा १५ जना रहेको तथ्याङकले देखाएको छ । साउनदेखि माघमासन्त सम्ममा जिल्लामा ६९ जना कडा रोगका विरामीहरु रहेको र जसमध्ये १५ जना मृगौला पीडित रहेको उलने बताए । आजको सहारान्यूज दैनिकमा खबर छ ।

गत आवमा पर्वतमा १४२ जना कडा रोगका रोगीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतको तथ्याङकले देखाएको छ । जसमध्ये २५ जना मृगौला रोगीलाई स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि सिफारिस गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दश जनामध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या देखिने गरेको छ । नेपालमा ३० लाख मानिसमा मिर्गौलासम्बन्धि कुनै न कुनै प्रकारको रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । 

मिर्गौला रोगीको संख्या बर्षेनी करिब ३ हजारको हाराहारीमा थपिने गरेको सरकारी तथ्याङ्क छ । कुल जनसंख्याको १२ प्रतिशतमा मधुमेह रोग रहेको र तीमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । अहिलेकै रफतारमा मोटोपना बढ्दै जाने हो भने आगामी सन् २०२५ सम्ममा १९ प्रतिशत पुरुष र २१ प्रतिशत महिलामा मिर्गौला रोगको एक मात्र कारण बन्न सक्ने अनुमान गरिएको छ । सन् २०१४ मा मोटोपनाको कारण मात्र विश्वका ६० करोड मानिसमा मिर्गौलाको समस्या देखिएको थियो ।


नेपालमा सन् २००८ बाट बीर अस्पताल र शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप