पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।
आज महोत्सवका चौथो दिन हो तर पनि महोत्सव अझै शुरु हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म महोत्सव स्थल सुनशान छ । झरी त्यसमाथि बन्द भएपछि विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट आउने दर्शकहरु आउन पाएका छैनन भने विहान ८ बजे संचालन हुने भनेको महोत्सव प्रभावित बनेको छ । भने विहानी शत्रमा हुने भलिबल प्रतियोगिता तथा विभिन्न रत्यौली, भजन लगायतका प्रतियोगिता समेत प्रभावित बनेका छन् ।
मधेसी मोर्चाको नेपाल बन्दले जिल्लामा खासै प्रभाव नपारेता पनि झरीले सवारी साधन चल्न सकेका छैनन । जसका कारण पनि महोत्सवलाई समस्या पारेको छ ।
मौसम सफा भए लगत्तै कार्यक्रम शुरु गर्ने सोच बनाएको आयोजक मौसम अझसम्म पनि सफा नहुदाँ निरास बनेको छ । महोत्सव यहि फागुन ३० गतेसम्म चल्नेछ । रेडियो दिदीबहिनीले आफ्नो सातौ बार्षिक उत्सवको अबसरपारी उक्त महोत्सवको आयोजना गरेको हो ।