2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित

फागुन २७, बाजुरा । बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित देखिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराद्वारा सञ्चालित कुपोषण एकीकृत व्यवस्थापन परियोजना (आइमम)ले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा कुपोषणबाट बालिका बढी प्रभावित भएका छन् । 

छ महिनादेखि ५९ महिनासम्मका १३ हजार ६८४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा कुपोषित बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा मोहन नाथले बताउनुभयो । तीमध्ये एक हजार ४९० जनामा मध्यम कुपोषण र ६४९ जनामा कडा कुपोषण देखिएको छ । 

मध्यम कुपोषण भएकामध्ये ७४२ बालिका रहेका छन् भने कडा कुपोषणमध्ये ४०१ जना बालिका छन् । जिल्लामा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणका सिकार बनेका छन् । 

कडा कुपोषण भएका ६४९ जनामध्ये नौजनाले उपचार लिन नआएको र ६४० को उपचार गरिएको कुपोषण एकीकृत व्यवस्थापन परियोजना जिल्ला संयोजक डाक्टर उदय प्रकाशले बताउनुभयो । 

कडा कुपोषण भएर उपचार गराइरहेकामध्ये ४३६ जनालाई निको भएर घर फर्किसकेका छन् भने बाँकी बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका सिअहेब तथा सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभएको छ । 

उपचार गराइएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । गरिबी, अशिक्षा र चेतना अभावका कारण यहाँका स्थानीयले पोषणयुक्त खानेकुरा आफ्ना बालबालिकालाई खुवाउन सकेको छैन् भने गर्भवती महिलालेसमेत पोषिलो खानेकुरा खान पाएका छैनन् । कुपोषणको मुख्य कारण नै यही हो, जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथले बताउनुभयो । 

मध्यम कुपोषण भएका बालबालिकामा कुपोषण दर बढ्न नदिन उपचारार्थ खानास्वरुप सर्वाेत्तम आहार बाँड्ने गरिएको छ । ‘सुनौलो हजार दिन’मा र बच्चालाई दैनिक एक सय ग्राम खान मिल्ने गरी बाँड्ने गरिएको उहाँको भनाई छ । कडा कुपोषण भएका बालबालिकाको बहिरङ्ग उपचार सेवा केन्द्रमा उपचार भइरहेका छन् । 

गर्भवती वा सुत्केरी आमा र २३ महिनामुनिका अर्थात् हजार दिनसम्मका बच्चा भएका घरमा मासिक तीन केजी पौष्टिक आहार दिइने गरिएका छन् । त्यो आहार खान थालेपछि बच्चाको तौल बढ्ने र कुपोषण समस्या हट्ने गरेको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई