२७ फागनु, पर्वत ।

आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२७ फागनु, पर्वत ।

आ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माध्यमिक शिक्षा परीक्षा केन्द्र छात्रा तथा अपाङ्गमैत्री बनाउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

२०७३, २७ फाल्गुन शुक्रबार ०८:०९


२७ फागनु, पर्वत ।

आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा केन्द्रहरु छात्रा तथा अपाङ्गमैत्री हुनुपर्छ भन्दै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 


जिल्लामा क्रियाशील नागरिक संगठनहरु जिल्ला नागरिक समाज सञ्जाल, पर्वत बार इकाई, गैसस महासंघ, इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वत, नेपाल पत्रकार महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, बालिका सरोकार सञ्जाल र मानवअधिकार एलायन्सको संयुक्त पहलमा बुझाइएको ध्यानाकर्षण पत्रमा परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरुले कुनै पनि प्रकारको डर, धम्की, त्रास र मानसिक सन्त्रासबाट मुक्त भई स्वस्थ, सहज तथा ढुक्क ढंगले परीक्षा दिन पाउनु उनीहरुको अधिकार भएकाले सम्बन्धित निकायले परीक्षा केन्द्रहरुलाई विद्यार्थीमैत्री बनाउनुपर्ने कुरामा जोड दिइएको छ । 


जिल्ला शिक्षा कार्यालय, जिल्ला शिक्षा समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्लास्थित सुरक्षा निकाय र सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको ध्यानाकर्षण गर्दै पत्रमा भनिएको छ, महिनावारीका कारण छात्राले एसएलसी परीक्षा छोड्न नपरोस् भनेर पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा साबुन–पानीको राम्रो प्रवन्ध सहितको शौचालय व्यवस्था गर्न, सेनेटरी प्याडको व्यवस्था गर्न र चित्रा, मान्द्रो, बोरा तथा जस्ता पाताले बारेको शौचालय पूर्ण रुपमा हटाउन एवम् अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष व्यवस्था गर्नका लागि जोडदार माग गरिएको छ ।


विद्यालय शिक्षाको खुड्किलोको रुपमा लिने गरिएको माध्यमिक शिक्षा परीक्षा यही २०७३ चैत्र ३ गतेदेखि सुरु हुन गैरहेको छ । पर्वत जिल्लामा पनि १९ वटा परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा लिइँदै छ । यसपटक जिल्लाका ७९ सामुदायिक, १ खुल्ला तथा १३ संस्थागत गरी जम्मा ९३ विद्यालयका १७६६ छात्र र १८७४ छात्रा गरी जम्मा ३ हजार ६ सय ४० जना विद्यार्थी यो परीक्षामा सहभागी हुँदै छन् । 

Displaying Handover.jpg


ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले परीक्षालाई छात्रा तथा अपाङ्गता भएका विद्यार्थीमैत्री बनाउन र सबै विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिने अवस्था बनाउन आफू प्रतिबद्ध भएको बताउनुभयो । जिल्ला शिक्षा कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरेर ध्यानाकर्षणपत्रमा उल्लेख भएका मागहरु पूरा गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


जिल्लामा क्रियाशील नागरिक संगठनहरुको तर्फबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । ध्यानाकर्षणपत्रमा राजेन्द्र पहाडी, विश्वराज पाण्डेय, राजेन्द्र पौडेल, किशोर सापकोटा, यज्ञप्रसाद शर्मा, छविलाल तिवारी, माया अधिकारी, कविता विक र नेत्रकला सुवेदीले हस्ताक्षर गर्नुभएको छ । 


Displaying Memo.jpg


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड