२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गौतमको हत्याको बिरोधमा बैतडीमा पनि प्रदर्शन

२७ फाल्गुन २०७३, शुक्रबार ०८:३९

विनोद सिंह विष्ट/फागुन २७, बैतडी । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी कञ्चनपुरका एक युवकको मृत्यु भएपछी बिरोध स्वरुप बैतडीमा पनि आज प्रदर्शन गरेका छन । एसएसबीको गोली लागेर बिहीवार कञ्चनपुरको पुर्नवासमा स्थानिय पुनर्वास–८ का २८ वर्षका गोविन्द गौतमको ज्यान गएको बिरोधमा बैतडीको देहिमाण्डौंका युवाहरुले २ घण्टा चक्काजाम गरेका हुन । 

देहिमाण्र्डौ बजार व्यवस्थापन समितिका अध्यक्ष तेज सिंह बोहराका अनुसार स्थानिय युवाले आज मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेका हुन । यस्तै बैतडीमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज विद्यार्थीले पनि भारतको ज्यादती बिरुद्घ विरोध गरेका छन । 

कलेजमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले आज एक विज्ञप्ती निकालेर नेपालकै भुमीमा समेत कल्भर्ट निर्माण गर्दा भारतले आफ्नो भुमि भनेर नेपालीमाथि गोली प्रहार गरी हत्या गरेकोले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । 

राष्ट्रियता ,स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ अभि बढेका नेपाली नागरिकलाई दिन नसक्ने सरकारको राजीनामा माग गरेको स्ववियु सभापती राजेन्द्र बम र सचिव खगेन्द्र कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै प्रविधिक विद्यार्थी संघ, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले पनि एक विज्ञप्ती निकालेर घटनाको विरोध गरेको छ । 

कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रमा रहेको नेपाली भूमिमा स्थानीय बासिन्दाले कल्भर्ट बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले कल्भर्ट बनाएको ठाउँ भारतको भन्दै स्थानीय बासिन्दालाई रोकेका थिए । त्यसपछि विवाद सुरु भएको थियो । 

विवादपछि बुधबार राति भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आएर नेपालीलाई कुटपिट गरेका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दा र भारतको सीमा सुरक्षा बल एसएसबीबिच झडप हुँदा गौतमको बिहीवार गोली लागेर गएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली