फागुन २७, सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेसी मोर्चा कायकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेसी मोर्चा कायकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्"/>
2026-09-11 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी पाचौं दिन बन्द, जनजीवन प्रभावित

फागुन २७, सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेसी मोर्चा कायकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज पाँचौं दिन सप्तरीमा बन्दको प्रभाव भएको छ ।

मोर्चाको बन्दको कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्, भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चपुर, कल्याणपुर र रुपनीलगायतको ठाउँमा मोर्चाको कार्यकर्ता आज पनि टायार बालेर प्रदर्शन गर्दै बन्द गराएका छन्।

गत सोमबार प्रहरीको गोली लागेर चारजना मोर्चाका कार्यकर्ताको मृत्यु भएको तथा प्रहरीले दमन गरेको विरोध गर्दै अनिश्चितकालिन जिल्ला बन्दको अह्वान गरेको छ।

बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्दा, शौक्षिक संस्थालगायत सबै बन्द गराएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो।

सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागि चारजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २० भन्दा बढी कार्यकर्ता घाइते भएका थिए । प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिकक्षेत्र अगाडि ना ५ ख ६७१३ नम्बरको स्वास्तिका ट्राभल्सको बसमा आगजनी गरी क्षति पुर्‍याएका छन्।

त्यस्तै मोर्चाको कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा प्रहरीको स्केटिङ्गमा रहेका केही गाडीमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस