पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण पूर्ण रुपमा प्रभावित बनेको छ । महोत्सव शुरु भए लगत्तै परिर्वतन भएको मौसम झरीमय बनेपछि महोत्सव पूर्ण रुपले प्रभावित बनेको हो । आज दिनभरी हुने भनिएका कुनै पनि कार्यक्रम हुन सकेनन् ।
दिनभरि हल्लाका बर्षा भएपछि महोत्सव परिसरमा आज सुनसान बनेको छ । मौसममा परिर्वतन नभएसम्म महोत्सवमा सन्नाटा छाउने देखिएको छ । आज दिनभरी हुने भनिएका कार्यक्रम स्थकित गरिएको आयोजकले जनाएको छ । मौसम खराबीका कारण महिला भलिबल, रत्यौली, भजन, नृत्य लगायतका प्रतियोगिता हुन नसकेनन् । महोत्सवको दोस्रो दिनदेखि मौसममा आएको परिर्वतनले प्रभावित भएको महोत्सव चौथो दिनमा पूर्ण रुपमा प्रभावित बनेको छ । जसले ठूलो रुपमा आर्थिक घाटा भएको आयोजकले बताएको छ । मौसम सफा भए भोली र पर्सि सार्वजानिक विदाको दिनमा दर्शकको चाप पढ्ने आयोजकले विश्वास लिएको छ ।
तीन दिनदेखि मौसममा आएको परिर्वतन र आज दिनभरीको झरीका कारण पर्वतमा हल्का चिसो बढेको छ ।बर्षाका कारण कुश्मा बजारमा चलहलपहल ठप्प थियो भने आज सरकारी कार्यालयमा पनि सेवाग्राहीको खासै आगमन देखिएन । मौसममा आएको परिर्वतनका कारण बजार सुनसान थियो ।
यता बाग्लुङको ढोरपाटन क्षेत्रमा हिउँ परेको छ । यस बर्ष उक्त क्षेत्रमा पाँच पटक सम्म हिउँ परेको हो । हिउँ परेपछि जनजिवन निकै कष्टकर बनेको छ भने गाइबस्तुलाई समेत चरनको लागि समस्या पैदा भएको छ । ढोरपाटन क्षेत्रमा १ फिट सम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
बर्षा भएसँगै कृषकहरु हर्षित बनेका छन् । हिउँदे बाली गहुँ, मकै, आलु, तोरी , केराउ लगायतका बालीलाई सिचाइ भएको भन्दै कृषक खुसि भएका हुन् । हिउँको समयमा सिचाइको अभाव हुने र बर्षाको भरमा सिचाइ गर्नुपर्ने कृषकहरु भने यतिबेला हर्षित मुद्रामा देखिएका छन् ।