४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दुर्गममा नागरीकता दिदै आमाको श्राध्य

५ फाल्गुन २०७२, बुधबार १४:१२

nagarikata bitaranनरी बडु/फागुन ५, बैतडी । जिल्लाका दुर्गम गाँउमा जान र जनताको समस्यालाई नजिकबाट नियाल्न उत्सुक हुने बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आमाको श्राध्य समेत दुर्गमका जनताहरुलाई नागरीकता दिएर दिएर बनाएका छन् ।

जिल्लाका सबै सरकारी कार्यालयहरुको एकिकृत घुम्ती शिविरको संयोजक आफै भएर बैतडीको दुर्गम क्षेत्रमा पर्ने तल्लोस्वराड पुगेका अधिकारीले उक्त क्षेत्रमा बासोबास गर्ने र अहिले सम्म नागरीकता बनाउन नसकेका बृद्ध तथा अन्य नागरीकहरुलाई नागरीकता प्रदान गरेर आफ्नो आमालाई सम्झीएका हुन् ।
आमाको स्नेह र प्रेरणले प्रमुख जिल्ला अधिकारी सम्मको ओहदामा पुगेका अधिकारीले आफ्नो आमाको श्राध्यको दिन त्यहाँका बृद्ध आमाहरुसंग सुख दुख साटेर आफ्नो जननी आमालाई सम्झीएका हुन् ।

उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा भएकाले त्यहाका धेरैजसो स्थानियले अहिलेसम्म नेपाली नागरीकता बनाउन सकेका थिएनन् ।
सामान्य सरकारी कर्मचारीहरु संगपनि भेट नभएका त्यस क्षेत्रका आमाहरु प्रमुख जिल्ला अधिकारी जस्तो व्यक्ति संग प्रतक्ष कुराकानि र सुख दुखका कुरा गर्न पाउदा निकै हर्षित देखिएका थिए ।

आफ्नो आमाको श्राध्यको दिन आमाको सम्झना स्वरुप स्थानिय केहि आमाहरुलाई दक्षिणा स्वरुप प्रमुख जिल्ला अधिकारीले दिएको रुपयाँ ग्रहण गर्ने क्रममा केहि आमाहरुको आँखा रसाएको थियो भने भित्रि मनले निकै खुसि देखिएका अधिकारीको आखाँपनि रसाएजस्ते देखिन्थ्यो ।

त्यस क्षेत्रका केहि जेष्ट नागरीकहरुले त नागरीकता पाउनु अधिनै चितामा चढिने सोचेका थिए तर संयोगबस प्रमुख जिल्ला अधिकारी दैलोमै पुगेर नागरीकता पाएपछि नेपाल सरकार र नेपाली हुँ कि भन्ने आभाष भएको छ ।

हजारौँ रुपयाँ खर्च गरेर सदरमुकाम आई नागरीकता बनाउन नसकेका त्यस क्षेत्रका ९ सय ३ जनाले नेपाली नागरीकताको प्रमाणपत्र हात पारेका छन् । त्यस क्षेत्रका धेरैजसो स्थानियका आमाबुवाको नागरीकता नभएकाले छोराछोरीको नागरीकता बनाउन समेत समस्या हुने गरेको थियो ।

यस्तै एकिकृत घुम्ती शिविरमा ५६ अपाङ्ग परिचयपत्रको वितरण, ५ सय भन्दा बढी फोटोसहितको मतदाता नामावली सङ्कलन, छवटा प्रविधि हस्तान्तरण, सातजना चितुवाको आक्रमणबाट घाइतेका लागि सोलार प्यानल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

शिविरमा भूकम्प प्रतिरोधी निर्माणबारे जनचेतना, कृषि सेवा तथा बीउ वितरण, पशुसेवा तथा औषधि वितरण, फलफूलखेतीसम्बन्धी प्रचारप्रसार गरिएको समेत उनले बताए ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्य शिविरबाट ४ सय बढी महिला लाभान्वित भएका छन् । मेलौलीको केशरपुर स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ३५ जना महिलाको अल्ट्रासाउन्डमार्फत गर्भजाँच गरिएको छ भने ११ जना महिलाको बन्ध्याकरण गरिएको छ ।

यस्तै कुलाउमा १ सय ९ जना गर्भवती महिलाको जाँच गरिएको छ भने शर्माली गाविसमा ८८ जना गर्भवती महिलाको जाँच गरिएको छ । २९ जना महिलाले बन्ध्याकरण गरेका छन् भने चारजना पुरुषले पनि बन्ध्याकरण गरेका छन् ।

यस्तै २० जना महिलाले इम्पलान्ट सेवा लिएका छन् भने चारजना पाठेघर खसेका महिलाको रिङ्पे्रसरी राखिएको छ । यस्तै ११ जना महिलाले पाखुरामा राखेको इम्पलान्ट निकालेका छन् ।

यस्तै सलेना गाविसमा सातजनाको बन्ध्याकरण गरिएको छ भने २५ जना गर्भवती महिलाको अल्ट्रासाउन्डमार्फत जाँच गरिएको छ । यस्तै एकजना महिलाले पाखुरामा राखेको इम्पाल्नट निकालेको डा गुणराज अवस्थीले जानकारी दिए । उक्त घुम्ती शिविरबाट तल्लोस्वराड क्षेत्रका २ हजार बढी स्थानियले सरकारी सेवा लिएका थिए ।

गएको माघ २२ गते देखि २६ गते सम्म तल्लोस्वराड क्षेत्रमा जिल्लाबाट प्रदान गरीने सबै प्रकारका सरकारी सेवाहरुको एकिकृत घुम्ती शिविर संञ्चालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी