पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु/फागुन २८, बैतडी । बैतडीको न्वाली गाविस–७ विट्कम भन्ने ठाँउमा शनिबार दिउसो ट्रकले किच्दा होली खेलिरहेकी बालिकाको मृत्यू भएको छ ।

दार्चुला बाट धनगढीतर्फ आउदै गरेको ना ७ ख ३२६ नम्बरको ट्रकले किच्दा स्थानीय १३ वर्षिय बालिका हीरा कुमारी ऐरको मृत्यू भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि हेरम्बा शर्माले बताउनुभयो ।