फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृतक पाँचै जनाको शवयात्रा

२८ फाल्गुन २०७३, शनिबार ११:३०


फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ । 

मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले राजविराजको गजेन्द्रचौकमा भावपूर्ण श्रदाञ्जलि दिनुभएको छ । 

नेकपा(एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिकक्षेत्रमा गत सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले प्रहार गरिएको गोलीबाट सप्तरी मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनी गाविस टेङ्रीका आनन्द साह तथा जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो । 

राजविराजको गजेन्द्र चौकबाट निकालिएको शवयात्रा हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमानगर, भारदह, बरमझिाया, कञ्चनपुर, रुपनी कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा निकालिएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । 

लहानमा श्रद्धाञ्जलि कार्यक्रमपछि शवयात्रा पुनः कदमहा, कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रा निकालिएको थियो । त्यसपछि शव मृतकका परिवारलाई जिम्मा लगाई दहासंस्कार गरिने मोर्चाले जनाएको छ । 

मृतक पाँच जनामध्ये एक जनाको घटनास्थलमै र चार जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य