पढ्न करिब 3 मिनेट लाग्छ

दान बहादुर बुढा/फागुन २८, मुगु । हिउ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरु विहिबारबाट हिमाली क्षेत्रमा हिउ र बेशी तिर पानी पर्न थालेपछि खुशी भएका छन ।

गत पौष यता ३ चोटी सम्म हिउ पर्ने जस्तो र्मौषम भएपनि आवश्यक मात्रामा पानी र हिउ नपर्दा कृषकहरु खेत गरामा लगाएका हिउदेवाली उत्पादन नहुने भयो र सुख्खा मौषमले रुगा, खोकी तथा मौषम जन्यरोगले मरिने भैयो भनेर चिन्तित भएका थिए । तर तिन दिन यताबाट मौषमा परिवर्तन आई हिमाली क्षेहरुमा हिउ र बेशी तिर लगातार पानी पर्न थालेपछि भने कृषकहरु खुशी भएका हुन ।

तिन दिन यताबाट मौषम विग्रेकाले मुगु जिल्ला स्थित रारा विमान स्थलमा उडान हुन सकेको छैन मुगु आउने र जिल्लाबाट बाहिरने यात्रुहरु एअरपोर्टमा अलपत्र परेका छन । मुगु जिल्लामा सरुवा भएर आउन लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल तिन दिन यताबाट हवाई उडान नहुदा बाँके स्थित राँझा विमान स्थल मै आकाश खुल्ने प्रतिक्षा रकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसी बताउनु हुन्छ ।

घुच्ची लेखमा हिउ परेकाले र लगातारको पानीले नाग्म गमगढी कच्ची सडक खण्ड हिलाम्य भएकाले मुगु आउने मालवाहक गाडी र यात्री वाहक बस पनि विच बाटो मै अलपत्र परेका छन ।

मुगु जिल्लाका उच्च क्षेत्रहरुहरु

मुगु, डोल्फु, मह, पाँपु, तल्लेख, सोभा, बाम, ताल्च, पिना, टोप्ला, चाकपाडे, खमाले, मुर्माटप, रारा, टोप्ला, हयाग्लु, खमाले, सोरुकोट, किम्री, छाँयानाथ, चंखेली, माथीतुम, ऋणीमोक्क्षमा भारी हिमपात भएको छ । सदरमुकाम गमगढीमा लगातार पानी परेपनि ३० मिनेट सिरानमा रहेको माथीतुम र १ घण्टा दुरीमा रहेको रारा विमान स्थलमा बाख्लो हिउ जमेको छ । रात भरी बर्षा भएमा मौषम चिसीएर सदरमुकाम गमगढीसम्मै हिउ पर्ने स्थानिय,कर्मचारी तथा व्यापारीहरुले आशा गरेका छन । विगत बर्षहरुमा हिउ पर्दा सदरमुकाम मै हिउ खेल्ने गर्थे तर यो चोटी हिउ नपर्दा हिउ खेल्ने आश मारेकाहरु लामो बर्षा भएपछि र सदरमुकाम वारिपारिका अग्ला हिमाल सेताम्य भएकाले हिउ खेल्न पाईने आश पालेर बसेका छन ।

सदरमुकाम स्थित गमगढी हावापानी केन्द्रका अनुसार तिन दिन अघि अधिकतम २२ डिग्रीसेन्टीग्रेट पुगेको सदरमुकामको तापक्रम बुधबारको बदली र विहिबारको सामान्य बर्षा अनि शुक्रबारको लगातारको बर्षाले ८ डिग्री सेन्टिगे्रटमा पुगेको छ ।

शुक्रबार दिउसो ४ बजे सदरमुकाम गमगढीमा १५ मिली लिटर पानी परेको र पानी लगातार परिरहेकाले यो मापन अझ बढने पनिे केन्द्रले बताएको छ ।

समयमा नै हिउपानि परेको हुदा अत्यान्त खुसी भएको र अन्न बालि तरकारी उत्पादनको लागी राम्रोहुने श्रीनगर ५का कृषक नृपेन्द्रह बहादुर मल्लले बर्ताएका छन । जिल्ला कृषि बिकास कार्यालय मुगुका प्राबिधिक सहायक तथा बागवानि शाखाका तेजबिक्र मल्लका अनुसार पानि समउमानै प्रयो हिउदमा लगाएका तरकारी फलफुल जै गँहु बर्ष समयमा लगाउने मकै ,कोदो फापार ,तरकारी लगाएतका अन्नबाली राम्रो भएको छ हिजो आज पानि नपरेको भए गत बर्ष जस्तै ठूलो खडेरी बाट जोगीएको मल्लले बताएका छन ।

कर्णालीका ५ वटा जिल्ला मा डोल्पा,हुम्ला,कालीकोट,जुम्ला ,मुगुमा हिजो बिहान बाट हिउ परेको छ । हिउले ५ बटै गाबिसका सम्पूर्ण गाबिसहरु सेताम्मे भएका छन भने पर्याटकप्य क्षेत्र रारा मा कपास जस्तै सेतो छ ।