सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा &nb"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम प्युठानमा सम्पन्न

२०७३, २८ फाल्गुन शनिबार १३:४८


सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा  १८ खैराको भुमि विकास आधारभुत विद्यालय  सरङकोटमा सम्पन्न भएको छ । 

स्वास्थ्य सिविरमा  एक सय ९६ जना महिला र ६६ जना पुरुष गरि दुईसय ६२ जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन । सिविरवाट विषेश गरि महिला, बालबालिका र वृद्ध वृद्धाहरुले सेवालिएका हुन । 

प्युठान न.पा १८ का वडा सचिव गोपाल थापाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी का सभापति गुमानराज पुलामी, समाजसेवी डा. लेखराज सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका डा. समिर लामा, जनस्वास्थ्य अधिकृत सिद्धिमणी सुवेदी, नर्सीङ अफिसर राधा केसी र स्वास्थ्य केन्द्र खैराका सिअहेव प्रकाश श्रेष्ठ लगाएतको टोलीले सिविरको सहजीकरण गरेका थिए । 

सिविरमा विषेश गरि ग्याष्टिक, दम, रुघाखोकी, महिलाको पाठेघर सम्वन्धि र मानसीक तथा शारिरिक अंपागता सम्वन्धीका समस्याका विरामीहरुले निशुल्क उपचार सेवा लिएका डा. लेखराज सुवेदीले वताउनु भयो । 

नेपाल रेडक्रस सोसाईटीले सामाजिक सेवा अन्र्तगत जिल्लाका विपन्न तथा दुर्गम क्षेत्रका मानिसहरुलाई स्वास्थ्य सेवामा सुलभ पहुँच पुयाउने उद्धेश्यले नगरपालिका क्षेत्र भित्र रहेपनि विपन्न तथा दलित  एवं गन्र्धव वस्ति रहेको क्षेत्रलाई छनोट गरि कार्यक्रम आयोजना गरिएको सभापति गुमानराज पुलामीले वताउनुभयो । रेडक्रस सोसाईटीले यसभन्दा अघि सोही स्तरको सेवा जिल्लाको  दुर्गम गाविस कोचिवाङ र फोप्लीमा पनि सिविर सञ्चालन गरिएको शाखाका उपमन्त्रि यादव खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड