कविता उपाध्याय/फागुन २९, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा फागुन २२ गतेदेखि शुरु भएको नेपाल  स्काउटको २९४ औं पीटीसी तथा ३९५ औं बीटीसी तालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फागुन २९, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा फागुन २२ गतेदेखि शुरु भएको नेपाल  स्काउटको २९४ औं पीटीसी तथा ३९५ औं बीटीसी तालि"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा स्काउट तालिम सम्पन्न, ३७ शिक्षकहरु दिक्षीत (फोटोफिचर)

२०७३, २९ फाल्गुन आईतवार ०३:२२


कविता उपाध्याय/फागुन २९, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा फागुन २२ गतेदेखि शुरु भएको नेपाल  स्काउटको २९४ औं पीटीसी तथा ३९५ औं बीटीसी तालिम एक भब्य समारोहका वीच शुक्रबार समापन भएको छ । 

तालिममा जिल्लाका प्रत्येक श्रोतकेन्द्रबाट एक महिला र एक पुरुष गरी  जम्मा ३७ जनाको सहभागिता रहेको थियो । यसरी  १२ वटा श्रोतकेन्द्रका  २० जना पुरुष तथा १७ जना महिला गर कूल  ३७ जना शिक्षक शिक्षिकाहरु तालिम समापनका अवसरमा आज दिक्षित भएका छन् ।   


नेपाल स्काउट जिल्ला परिषद् रोल्पाका अध्यक्ष तथा जिल्ला शिक्षा अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षतामा सम्पन्न तालिमको समापन कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको संयोजन शिक्षक सीता शर्माले गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा  तालिममा उर्तीण भएका सहभागिहरुलाई प्रमुख अतिथि डा् भट्राइले प्रमाण–पत्र प्रदान गर्नुभयो भने तालिमका कोर्ष लिडर राजिव खत्री र वेली थापाले स्काउटको सपथ ग्रहण गराउँनु भएको थियो ।


समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. भट्टराईले स्काउटले सवल, इमान्दार, अनुशासित एवं नेतृत्वदायी भूमिका निर्वाह गर्न सिकाउने भएकाले यसको विकासमा लाग्न सम्पूर्ण तालिमका सहभागीहरुलाई आग्रह गर्नु भयो । 

उहाँले स्काउट राज्यको महत्वपूर्ण साझेदार बन्न सक्ने आशा प्रकट गर्नुभयो । त्यसैगरी कार्यक्रमका सभाध्यक्ष पौडेलले सहभागीहरुले सफलता पूर्वक तालिम उर्तिण गरेकोमा बधाई तथा सुभकामना दिदै आआफ्नो विद्यालयमा गएर स्काउट इकाई सुरु गर्न निर्देशन दिनुभयो । उहाँले राम्रो स्काउट शिक्षक र राम्रो स्काउट विद्यार्थी पढ्न र पढाउनमा कहिल्यै पछि नपर्ने समेत बताउनु भएको छ । 


तालिमका कोर्ष लिडर राजीब खत्रीले समापन कार्यक्रममा बोल्दै  दिक्षित भएका शिक्षक शिक्षिकाहरु आआफ्नो विद्यालयमा गएर स्काउट युनिट सञ्चालन गरी बालबालिकाहरुको शारिरीक, मानशिक, वौद्धिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकास गर्नसकेमात्र तालिमको उपलव्धी प्राप्त हुनेमा विश्वास ब्यक्त गर्नुभयो । 

त्यसैगरी तालिमकी कोर्ष लिडर बेली थापाले १७ वर्षपछि रोल्पामा भएको यस किसिमको तालिमले जिल्लाको स्काउटिङ्ग अभियानको विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो । यस्तै तदर्थ समितीकी संयोजक सिता शर्माले तालिम सञ्चालन गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ, संस्था, ब्यक्ति तथा सम्पूर्ण  निकायप्रति धन्यबाद तथा आभार प्रकट गर्नुभएको थियो । 

६ दिनसम्म संचालन भएको तालिमका लागि आवश्यक ब्यवस्था सहभागीहरुले आफै गरेका थिए । तालिममा सहायक कोर्ष लिडरको रुपमा बसुधा खड्गी र सहदेव थापा हुनुहुन्थ्यो भने प्रशिक्षकको रुपमा छोइसाङ तामाङको सक्रिय सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ