पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागनु ३० देखि चैत्र ६ गतेसम्म आफ्नो सप्ताव्यापी कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरी रोट्याक्ट क्लब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागनु ३० देखि चैत्र ६ गतेसम्म आफ्नो सप्ताव्यापी कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरी रोट्याक्ट क्लब "/>
2026-09-19 10:56 PM
पर्बत - PBT

फागुन ३० देखि चैत्र ६ सम्म रोट्याक्ट सप्ताह हुने

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागनु ३० देखि चैत्र ६ गतेसम्म आफ्नो सप्ताव्यापी कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरी रोट्याक्ट क्लब अफ पर्वतले जानकारी दिएको छ ।

क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत हरेक दिन फरकफरक काम गर्ने जनाएको छ । क्लबले फागुन ३० गते सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्ने क्लबका अध्यक्ष आरसी पौडेलले जनाकारी दिए ।  उनका अनुसार फागुन ३० गतेको उद्घाटन कार्यक्रममा जिल्लाका लघुउद्यमीहरुलाई सम्मान समेत गरिनेछ । जसको संयोजकका रुपमा क्लबका सचिव गणेश पौडेल रहेका छन् । कार्यक्रमको उद्घाटन स्थानीय विकास अधिकारी विष्णु भुषालले गर्ने तय भएको क्लबले जनाएको छ । आजको सहारान्यूज दैनिकमा खबर छ ।

हरेक दिनमा फरकफरक कार्यक्रममा फरकफरक अतिथि तह गरिने र सो कार्यक्रमको लागि झण्डै तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । सो खर्च क्लबका सदस्य र सहयोगदाताहरुबाट उपलब्ध हुने जनाएको छ । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत चैत्र १ गते जिल्लाको पर्यटन प्रर्वद्धनको लागि भर्खर मात्रै पत्ता लागेको ऐतिहासिक लालेश्वोर गुफा परिसर चुवामा मुक्ति स्थापना, रङ्गोन तथा बृहत सरसफाइ गर्ने कार्यक्रम रहेको छ जसको संयोजकका रुपमा मिना खड्का रहेको अध्यक्ष पौडेलले बताए । 

त्यसैगरी सप्ताव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा अपाङ्गता भइका व्यक्तिहरुलाई ह्वील चियर तथा बालबालिकाहरुलाई शैक्षिक तथा स्टेशनरीका समाग्री वितरण गर्ने तय भएको छ । ठूलीपोखरी ८ मा रहेको बशन्त प्राविमा उक्त कार्यक्रम हुने तय भएको छ । जसको संयोजकका रुपमा बशन्त बहादुर केसीलाई जिम्मा दिइएको छ । 

कार्यक्रमको चौथो दिनमा जिल्लामा रहेका संघसंस्थाहरुसँग सहकार्य र समामित्यता कायम गर्नको लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । शसस्त्र प्रहरी बल चण्डिका गणमा रहेको खेलमैदानमा रोट्याक्ट क्लब र पर्वत संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ । जसको संयोजकका रुपमा गोपाल रिजाल रहेका छन् । 

त्यस्तै कार्यक्रमको पाँचौ दिन चैत्र ४ गते क्लबले कामना रेग्मीको संयोजनमा सुर्यप्रकाश मावि दुर्लुङमा विद्यालयको लागि आवश्यक समाग्रही हस्तान्तरण गर्ने भएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र विद्यालयलाई आवश्यक पर्ने समाग्रीहरु फर्निचरका समाग्री र प्रिन्टर हस्तान्तरण गर्ने भएको छ । 

क्लबले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासबाटनै समाजको विकास सम्भव छ भन्ने भावनाका साथ युवाहरुलाई लक्षित गरी व्यक्तित्व र नेतृत्व विकासको लागि तालिम दिने भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत सो तालिम दिन लागिएको हो । प्रकाश पौडेलको संयोजनमा हुने उक्त कार्यक्रमबाट व्यक्तित्व, नेतृत्वको क्षमता विकास हुने आयोजकले विश्वास लिएको छ । 

 पछिल्लो समयमा जिल्लामा ट्राफिक सचेतनाको अभाव र ट्राफिक ज्ञानका कमी र लापरवाहीका कारण हुदै आएको क्षतिलाई न्यूनिकरण गर्नको लागि र जिल्लामा ट्राफिक सचेनात जगाउने उदेश्यका साथ ट्राफिक सचेतना सहित कुश्मा बजारको बृहत सरसफाइ गर्ने भएको छ ।  विशन क्षेत्रीको संयोजनमा हुने रोट्याक्ट सप्ताह कार्यक्रम अन्तरगतको यो अन्तिम इभेन्ट हुनेछ भने सोही दिन बेलुका  अर्जुन राज पुरीको संयोजनका गोपाङघाटमा कार्यक्रम समापन हुने आयोजक क्लबले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सप्ताहव्यापी कार्यक्रमको मुल संयोजकका रुपमा आगामी अध्यक्ष मिलन पौडेल रहेका छन् । हरेब बर्ष क्लबले यसरीनै जिल्लामा सप्ताव्यापी कार्यक्रम गरी आफ्नो सक्रियता देखाउदै आएको छ ।  ३० बर्षभन्दा मुनिका युवा समुहको रुपमा रहेको यो क्लबले हरेक बर्ष सप्ताहव्यापी कार्यक्रमको अलबा अन्य सामाजिक कार्यमा समेत आफ्नो अग्रसरता देखाउँदै आएको छ । सामाजिक, मानविय र शैक्षिक क्षेत्रमा क्लबले काम गर्दे आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो