भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बै"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होलीमा चन्दा संकलन गरी विद्यार्थी राहत कोस खडा

३० फाल्गुन २०७३, सोमबार ०२:०७


भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बैजनाथ बहुमूखी क्याम्पसका विद्यार्थीहरुले होली मिलन कार्यक्रमको  आयोजना गरी चार दिन सम्म सभ्य र भव्यरुपमा सञ्चालन गर्दैआइरहेका छन् र सोमबार सम्म होली खेली संकलन गर्ने छन् । यसरी संकलन गरेको रकम विद्यालयमा विद्यार्थी रातह कोस खडा गरी जम्मा गरिने छ ।

 जसको उद्देश्य रु.५ लाख ५५ हजार बराबरको विद्यार्थी कल्याणकारी अक्षयकोष निर्माण गर्ने, क्याम्पसको स्तर उन्नतीका लागी विद्यार्थीका तर्फबाट श्रृजनात्मक कार्यको थालनी गर्ने, विद्यार्थीलाई राजनैतिक वातावरणबाट टाढा राखी पठनपाठन एंवम श्रृजनशिल कार्यमा सहभागीता गराउने, शिक्षामा सबैको पहुच पुर्याउने, विद्यार्थीहरुका विचमा आपसी सदभाव कायम गर्ने, कला संस्कृतीको संरक्षण तथा जगेर्ना गर्ने, युवा पिढीहरुलाई सही मार्गदर्शन गराउने, समाजमा नया परम्पराको विकास गर्ने र होली पर्वका माध्यम बाट जातीय संहिष्णुता मेलमिलाप तथा एकता श्रृजनागर्ने  उद्देश्य रहेको कार्यक्रम संयोजक भास्कर भट्टले बताउनु भयो ।

यस कार्यक्रम सफल पार्न त्रिलोचन आयल ट्रेर्डसका प्रबन्धक नरेश पन्तले होली खेल्ने विद्यार्थीका लागि पानी र विस्कुट को व्यवस्था गर्नु भएको छ भने त्यसैगरी नेपाल बंगलादेश बैक, सर्वाेक्तम पेन्ट अत्तरीया, विरबेताल हार्डवेयर झलारी नन्दलाल एण्ड सनस हार्डवेयर, नेरोलक पेन्ट झलारी र होटल हाईबे झलारीले हेली खेल्ने पोशाक उपलब्ध गराएको भट्टले बताए ।

३५० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रमा ५५० घरधुरीमा खेल्ने लक्ष्य रहेको छ ।

आजको दिन सम्म होली खेली ४५ हजार संकलन गरिको छ । यस शुभकार्यमा कसैले सहयोग गर्न चाहेमा विद्यालयको खाता श्री कृष्ण बैजनाथ बहुमूखी क्याम्पस झलारी कञ्चनपुरको नाममा रहेको खाता नं. ०८२४६०१११०२७८०१५ को कृषि विकास बैकको खातामा जम्मा गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो