भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बै"/>
2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होलीमा चन्दा संकलन गरी विद्यार्थी राहत कोस खडा


भास्कर के.सी./फागुन ३०, कंचनपुर । झलारी पिपलाडीका युवाहरुले होलीखेली चन्दा संकलन गरी विद्यार्थी राहत कोष खडा गर्ने भएका छन् । फाल्गुन २४ गते देखि  श्री कृष्ण बैजनाथ बहुमूखी क्याम्पसका विद्यार्थीहरुले होली मिलन कार्यक्रमको  आयोजना गरी चार दिन सम्म सभ्य र भव्यरुपमा सञ्चालन गर्दैआइरहेका छन् र सोमबार सम्म होली खेली संकलन गर्ने छन् । यसरी संकलन गरेको रकम विद्यालयमा विद्यार्थी रातह कोस खडा गरी जम्मा गरिने छ ।

 जसको उद्देश्य रु.५ लाख ५५ हजार बराबरको विद्यार्थी कल्याणकारी अक्षयकोष निर्माण गर्ने, क्याम्पसको स्तर उन्नतीका लागी विद्यार्थीका तर्फबाट श्रृजनात्मक कार्यको थालनी गर्ने, विद्यार्थीलाई राजनैतिक वातावरणबाट टाढा राखी पठनपाठन एंवम श्रृजनशिल कार्यमा सहभागीता गराउने, शिक्षामा सबैको पहुच पुर्याउने, विद्यार्थीहरुका विचमा आपसी सदभाव कायम गर्ने, कला संस्कृतीको संरक्षण तथा जगेर्ना गर्ने, युवा पिढीहरुलाई सही मार्गदर्शन गराउने, समाजमा नया परम्पराको विकास गर्ने र होली पर्वका माध्यम बाट जातीय संहिष्णुता मेलमिलाप तथा एकता श्रृजनागर्ने  उद्देश्य रहेको कार्यक्रम संयोजक भास्कर भट्टले बताउनु भयो ।

यस कार्यक्रम सफल पार्न त्रिलोचन आयल ट्रेर्डसका प्रबन्धक नरेश पन्तले होली खेल्ने विद्यार्थीका लागि पानी र विस्कुट को व्यवस्था गर्नु भएको छ भने त्यसैगरी नेपाल बंगलादेश बैक, सर्वाेक्तम पेन्ट अत्तरीया, विरबेताल हार्डवेयर झलारी नन्दलाल एण्ड सनस हार्डवेयर, नेरोलक पेन्ट झलारी र होटल हाईबे झलारीले हेली खेल्ने पोशाक उपलब्ध गराएको भट्टले बताए ।

३५० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रमा ५५० घरधुरीमा खेल्ने लक्ष्य रहेको छ ।

आजको दिन सम्म होली खेली ४५ हजार संकलन गरिको छ । यस शुभकार्यमा कसैले सहयोग गर्न चाहेमा विद्यालयको खाता श्री कृष्ण बैजनाथ बहुमूखी क्याम्पस झलारी कञ्चनपुरको नाममा रहेको खाता नं. ०८२४६०१११०२७८०१५ को कृषि विकास बैकको खातामा जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो