Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विभिन्न उद्देश्य राख्दै खेलिएको होलीले सुदूरपश्चिममा रौनक

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका रुपमा चिनिने होली कतै रमाईलोको लागि मात्रै खेलियो भने कतै संस्कृति जोगाउनको साथ–साथै आर्थिक संगलन गरि विभिन्न सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले खेलियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि होलिको रौनकले निकै तताएको थियो ।

सुदूरपश्चिमको पहाडी जिल्ला मध्येको एक बैतडी जिल्लामा विभिन्न उद्देश्यका साथ होलि खेलिएको छ । कतै दैविक प्रकोपमा परेकालाई सहयोग गर्ने उद्देश्यले होलि खेलियो भने कतै विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन होलिको आयोजना गरिएको थियो ।

विदाको दिन सुनसान रहेको बैतडीको सदरमुकाममा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारिहरुले होलि खेलि खेले, होलि खेलेर संकलन भएको रुपयाँले दैविक प्रकोपमा परेका व्यक्ति तथा परिवारहरुलाई सहयोग गर्ने उद्देश्यले उनिहरुले होलिको आयोजना गरेका थिय ।

होलीमा घर जान नपाएका कर्मचारिहरुलाई रमाईलो पनि हुने र समाजिक कार्यमा पनि ठेवा पुग्ने भएकाले होलि खेलिएको संयुक्त राष्ट्रि संघिय जनसंख्या कोषका जिल्ला संयोजक गणेश साहीको भनाई छ ।

कर्मचारिहरुले जिल्लाको पाटन, गोठलापानी, शाहिलेक, गडी लगायतका बजारहरुमा होलि खेलेका छन् । होलिमा जिल्लामा रहेका कर्मचारिहरुको सहभागिता थियो । पछिल्लो समय लोप हुदै गएको संस्कृती जोगाउन चुनौती भएको स्थानीयको गुनासो छ । सुदूरपश्चिमका जिल्लाहरुमा अन्य जिल्लाको भन्दा फरक तरिकाले होलि खेलिन्छ ।

कर्मचारीहरुले खेलेको होलिको उद्देश्य संस्कृति जोगाउनुको साथ–साथै दैविक प्रकोप उद्धार समितिलाई सहयोग गर्नु रहेको जिल्ला विकास समितिका बरिष्ट समाजिक परिचालक गणेश अवस्थीको भनाई छ ।

यसैगरी जिल्लाको गोकुलेश्वर, दुर्गास्थान, मेलौली लगायत सबै क्षेत्रहरुमा विद्यालय तथा स्थानीय क्लबहरुको आयोजनामा होलि खेलिएको थियो । एक आपसमा रंग दल्दै खेलिने होलीको छुट्टै धार्मिक विशोषता पनि रहीआएको छ ।