२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी

२०७३, ३० फाल्गुन सोमबार ०३:२७

फागुन ३०, जुम्ला । वर्षौदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँ जुम्लाका का स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । 

विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन । लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर दुरी मात्र छ, तर त्यही बाम्नेमाडु जान हामीले १२ हजार मिटर हिँड्नु पर्छ, स्थानीय रामबल बुढाले दुखेसो गर्नुभयो । अहिले लुम–बिगारे–फुटासिली–बुडुगाउँ हुँदै बाम्नेमाडु जान बाध्य भएको बूढाले बताउनुभयो । 

“लुमगाउँ मुगु नजिक भएकाले मुगुका सांसद् मोहन बानियाँलाई बाटो खोल्दिन गुहार मागे, तर त्यसमा विराट गाविस बुडुगाउँका जनताले अवरोध गर्दा उपाय लागेन,” उहाँले भन्नुभयो । यो वर्ष मात्रै जिविस जुम्लामा १६ पटक धाएको उहाँको भनाइ थियो । 

लुमगाउँकै स्थानीय भीमबहादुर बूढाले लुमवासी वर्षौंदेखि सडक, विद्युत्, सञ्चार, स्वास्थ्यको सहज पहुँचमा नरहेको बताउनुभयो । जनक बूढाले सिंजा भेकमा अवस्थित ११ गाविसमध्येको धार्मिक र ऐतिहासिक महत्व बोकेको कनकासुन्दरी लुमगाउँका ८५ घरधुरीका ८०० घरपरिवारले विकासको वास्तविक स्वाद चाख्न नभएको गुनासो गर्नुभयो । उहाँले कनकासुन्दरी माईको मन्दिर संरक्षणमा राज्यले बेवास्ता गर्दा यसको इतिहास मेटिदै गएको विचार व्यक्त गर्नुभयो । 

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले यो वर्ष जसरी भए पनि लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर बाटो खोलेर सो गाउँका समुदायको न्याय गर्ने बताउनुभयो । 

यसअघि पनि जिविसले सो बाटोको निम्ति केही बजेट छुट्याए पनि काम अपुरो भएकाले त्यसलाई यस वर्ष पूर्णता दिने स्थानीय विकास अधिकारी बेल्बासेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ