२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी

३० फाल्गुन २०७३, सोमबार ०३:२७

फागुन ३०, जुम्ला । वर्षौदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँ जुम्लाका का स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । 

विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन । लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर दुरी मात्र छ, तर त्यही बाम्नेमाडु जान हामीले १२ हजार मिटर हिँड्नु पर्छ, स्थानीय रामबल बुढाले दुखेसो गर्नुभयो । अहिले लुम–बिगारे–फुटासिली–बुडुगाउँ हुँदै बाम्नेमाडु जान बाध्य भएको बूढाले बताउनुभयो । 

“लुमगाउँ मुगु नजिक भएकाले मुगुका सांसद् मोहन बानियाँलाई बाटो खोल्दिन गुहार मागे, तर त्यसमा विराट गाविस बुडुगाउँका जनताले अवरोध गर्दा उपाय लागेन,” उहाँले भन्नुभयो । यो वर्ष मात्रै जिविस जुम्लामा १६ पटक धाएको उहाँको भनाइ थियो । 

लुमगाउँकै स्थानीय भीमबहादुर बूढाले लुमवासी वर्षौंदेखि सडक, विद्युत्, सञ्चार, स्वास्थ्यको सहज पहुँचमा नरहेको बताउनुभयो । जनक बूढाले सिंजा भेकमा अवस्थित ११ गाविसमध्येको धार्मिक र ऐतिहासिक महत्व बोकेको कनकासुन्दरी लुमगाउँका ८५ घरधुरीका ८०० घरपरिवारले विकासको वास्तविक स्वाद चाख्न नभएको गुनासो गर्नुभयो । उहाँले कनकासुन्दरी माईको मन्दिर संरक्षणमा राज्यले बेवास्ता गर्दा यसको इतिहास मेटिदै गएको विचार व्यक्त गर्नुभयो । 

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले यो वर्ष जसरी भए पनि लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर बाटो खोलेर सो गाउँका समुदायको न्याय गर्ने बताउनुभयो । 

यसअघि पनि जिविसले सो बाटोको निम्ति केही बजेट छुट्याए पनि काम अपुरो भएकाले त्यसलाई यस वर्ष पूर्णता दिने स्थानीय विकास अधिकारी बेल्बासेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य