३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेकपा एमालेको ईलाका स्तरीय भेला सम्पन्न

२१ फाल्गुन २०७२, शुक्रबार १४:१०

नरी बडु/ फागुन २१ बैतडी । नेकपा एमाले बैतडीकोे इलाकास्तरीय कार्यकर्ता भेला आज जिल्लाको शर्माैली गाविसमा सम्पन्न भएको छ ।

पार्टीलाई सुदृढिकरण गर्दै नेपालमा बनेको नयाँ संविधान २०७२ को जानकारी गराउने उद्देश्यले आयोजना गरीएको कार्यकता भेला ईलाका नम्बर ९ को शर्मालीमा सम्पन्न भएको हो ।

भेलामा नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य एवम् भेलाका प्रमुख अथिति पुरनसिह दयाल, एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवम कार्यक्रमका विशिष्ट अथिति माहादेव भट्ट, इलाका नंम्बर ८ का इन्चार्ज एवम् कार्यक्रमका अथिति नरेन्द्र भट्ट र जिल्ला कार्यसमिती सदस्य सरश्वति नेपालीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उक्त भेलाले आज ईलाका नम्बर ९ को १७ सदस्यीय ईलाका कमिटी समेत गठन गरेको छ । इलाका इस्तरीय कमिटीको अध्यक्षमा शुक्रदेव साउद, उपाध्यक्षमा चक्रसिह साउद, सचिवमा लोकेन्द्र साउद र सहसचिवमा गोरख विष्ट रहेको जिल्ला कार्यसमिती सदस्य सरश्वति नेपालीले बताउनुभयो ।

नेपालीका अनुसार आजै नेपाल उत्पीडित जातिय मुक्ती समाज को ९ सदस्यीय कमिटी पनि गठन गरीएको छ । कमिटीको अध्यक्षमा सुरेन्द्र दमाई, उपाध्यक्षमा सुन्दरराम तिरुवा, सचिवमा गापि तिरुवा र सहसचिवमा गोपी नेपाली रहेका छन ।

आज शर्मालीमा भव्य रुपमा सम्पन्न गरीएको भेलाको अवसरमा नेपाली कंग्रस, एनेकपा माओबादी र राप्रपा लगायतका पार्टीबाट १० जनाले एमाले प्रवेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन