पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत १, नवलपरासी । </b>पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा आज भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ । <br></p><p>पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४३६४ नंको बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा बसको ठक्करबाट घाइते दर्लामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बताइएको छ । रासस </p>

