२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा हात्तिपाईले रोग निवारण अभियान ५ गते देखी सुरु हुने

१ चैत्र २०७३, मंगलवार १५:१३

ललित बोहरा/चैत्र १, डडेल्धुरा । डडेल्धुरामा हात्तिपाईले (फाईलेरीया) रोग निवारण अभियान अगामी हप्ताको आईतबारदेखि सुरु हुने भएको छ ।

 जिल्लाभर यसै चैत  ५, ६ र ७ गते राष्ट्रिय हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन गराईन लागेको जिल्ला स्वास्थ्य कार्यालय एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो ।

 यस अघि नेपाल सरकारले फागुन २१, २२ र २३ गते औषधि सेवन गराउने कार्यक्रम तय गरेको भए पनि स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण मिति परिवर्तन गरी स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार औषधी खुवाउन लागिएको हो ।

 पाँच बर्षदेखी सञ्चालनमा रहेको यो कार्यक्रममा गत बर्ष १ लाख १६ हजार नागरिकले औषधी सेवन गरेका थिए भने यो बर्ष १ लाख ४३ हजार ८ सय २६ जनालाई आम औषधी सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले लिएको छ ।

 औषधि खुवाउनका लागि जिल्लाका आठ सय २६ स्थानमा स्वास्थ्य स्वयंम सेवक र तीन सय जना स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख बृष बहादु शाहीले जानकारी दिएका छन् ।

 जिल्लामा अहिले कुल जनसंख्याको १५ प्रतिशत नागरिकमा हात्तिपाईलेका परजीविरहेको र २२ जना हात्तिपाईले रोगबाट संक्रमित रहेको पत्रकारहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा जानकारी गराईएको हो । 

सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले भनेअनुसार खानासँगै वा खानापछि औषधि खानु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । औषधिको सेवनपछि हात्तीपाइलेको परजिवी शरीरमा भएमा कसै–कसैमा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य लक्षणहरु देखा पर्ने गर्दछ । असरहरुबिना उपचार आफैं केही समयमा ठीक भएर जान्छ, नभए नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जानु पर्ने चिकित्सकले बताएका छन् ।

हात्तिपाईलेको औषधी सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने गलत प्रचारलाई चिर्न जिल्लामा रहेका जिम्मेवार व्यक्तिहरुलाई सबैभन्दा पहिले औषधि खुवाएर यस अभियानको सुरुवात गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख शाहीले जानकारी दिएका छन् ।

 यो औषधी सरकारले निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । ६ वर्षे अभियान अन्र्तगत यो बर्ष पाँचै पटक औषधी सेवन गराईन लागेको हो  ।

उप–क्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा शुरु गरेपछि सेवाग्राही बढ्दै 

सुदूरपश्चिमको एकमात्र ठूलो डडेल्धुरा उप–क्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा शुरु गरेपछि सेवाग्राही बढ्दै गएका छन् ।

 दैनिक ५०/६० जनासम्म मात्र बिरामी आउने अस्पतालमा विशेषज्ञ उपचार सेवा सुरु गरिएसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । यो अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् ।

 अस्पतालले स्त्रीरोग, बालरोग, हड्डी तथा दाँतको उपचार सेवा शुरु गरेको छ । विशेषज्ञ उपचार सेवा शुरु भएपछि सबैभन्दा बढी गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो