Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

माध्यमिक शिक्षा परीक्षामा नवलरासीबाट झन्डै ११ हजार परीक्षार्थी सहभागि हुँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरु शर्मा/चैत २, नवलपरासी । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

परिक्षाका लागि ११ हजार १ सय ५० जनाले परीक्षा फारम  भरेको भए पनि ३ सय ४२ जनाको फारम बिबिध कमजोरीका कारण रद्ध भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ । परीक्षामा सामेल हुन फारम भर्ने मध्य १० हजार १ सय ४६ जना नियमित तर्फका परीक्षार्थी रहेका छन् भने ६ सय ६२ जना आशिक तर्फका रहेको  जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले जानकारी दिनुभयो ।

जिल्लामा जम्मा २ सय २४ वटा माध्यामिक तहका बिधालय रहेका छन् । जस्मध्य ३ वटा  प्राबिधिक तर्फका बिधालय रहेको अर्यालले बताउनुभयो । माध्यामिक शिक्षा परीक्षाका लागि बिगतका बर्ष जस्तै यस बर्ष पनि ४१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जसअन्तर्गत परासी क्षेत्रमा १८ र नवलपुर क्षेत्रमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरीएको परिक्षा फाँटका पशुपति भट्राईले जानकारी दिनुभयो ।  परीक्षाको लागि ४१ जना केन्द्राअध्यक्षलाई जिम्मेवारी तोकिएको छ भने ५९ जना  सहायक केन्द्राध्यक्ष लाई जिम्मा दिईएको  जिल्ला शिक्षाा कार्यालय नवलरासीले जनाएको छ ।