चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढे"/>

2026-09-19 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयात्रा

चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । 

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताउनुभयो । अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन् । 

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कुश्मा नगरपालिका– १ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । 

जिल्लामा जलयात्राको क्षेत्रमा काम गर्ने निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक जलयात्राका लागि कालीगण्डकी आउने गर्दछन् । जलयात्राका लागि गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । 

नदीमा जलयात्रा गर्ने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्नेलगायत कारणले जलयात्रा गर्न असहज भएको पर्यटक पथप्रदर्शक गणेश पुन बताउनुहुन्छ । अर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो