2026-06-30 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षा भएपछि सुदूरपश्चिमका किसानहरु हर्षित

बिन्दु चन्द/चैत्र २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा विगत केहि दिन अगाडीदेखि पानी पर्न थालेपछि किसानहरु हर्षित भएका छन् ।

विगतका दिनमा परेको लामो समयको खडेरीले गहुँ लगायत विभिन्न नगदे वाली तथा फलफूलहरु सुक्न लागेको बेला पानि पर्न थालेपछि यहाँका किसानहरु हर्षित भएका हुन् ।

विगत महिनौ देखि यस क्षेत्रमा पानी नपर्दा किसानहरुलाई समस्या भएको थियो भने जंगली जनावरहरुका लागि पनि चरनको अभाव भएको थियो । ढीलै भएपनि विगत ३–४ दिन अघि देखि पानी पर्न थालेपछि किसानहरुलाई केहि राहत हुने विश्वास गरीएको छ ।

गहुँ छर्ने समयदेखि अहिलेको समयसम्म पानी नपर्दा बैतडीका धेरैजसो क्षेत्रमा यस वर्ष छरेको गहुँ उम्रेको छैन् । जिल्लामा रहेको असिंचित जमिनमा यस्तो समस्या देखिएको स्थानिय किसानहरुले गुनासो गरेका छन् ।

उक्त समस्याले यस जिल्लामा भोकमरीको सभ्वावना हुने कतिपयले आकलन गरेका छन् । त्यसैपनि जिल्लाको तल्लो स्वराड क्षेत्रलाई भोकमरीको उच्च जोखिममा मानिन्छ भने यस वर्ष झन समस्या भएको छ ।

अहिले जिल्लामा रहेका किसानहरुमध्ये ७९ प्रतिशत किसानहरुले वार्षिक उत्पादन गरेको अन्न स्वयमलाई समेत खान पुग्दैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ