2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तीन वर्षपछि बैतडी बालविवाह मुक्त जिल्ला घोषणा हुने

नरी बडु/चैत्र २, बैतडी । बालविवाहको गलत प्रचलनले जडो गाडेको बैतडी जिल्ला ३ वर्ष पछि अर्थात विक्रमसम्बद २०७५ भित्र वालविवाहमुक्त जिल्ला घोषणा हुने भएको छ ।

नेपाल सरकारले चैत्र १० गते गर्न लागेको वालिका सम्मेलनलाई मध्यनजर गर्दै बालविवाह न्यूनिकरणमा सहयोग होस भन्ने उद्देश्यले बैतडीको खोड्पेमा सोमबार आयोजना गरीएको अन्र्तपुस्ता सम्बाद कार्यक्रम जिल्लाका सम्पुर्ण सरोकारवाला र अभिवावकहरुले सामुहिक प्रतिवद्धता जनाएपछि बैतडी वालविवाह मुक्त हुने भएको हो ।

काठमाण्डौमा हुने बालीका सम्मेलनका लागि प्रतिनिघि छनोट गर्नुका साथै बैतडी जिल्लालाई विक्रम संवद २०७५ भित्र वालविवाह मुक्त घोषण गर्ने सामुहिक प्रतिवद्धता साहित अन्र्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

अन्र्तपुस्ता संवाद कार्यक्रमले बैतडीबाट चार जना वालीकाहरुलाई सम्मेलनमा पठाउने तयारी गरेको वालविवाह न्यूनिकरणका क्षेत्रमा काम गरीरहेको संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिएका) का जिल्ला संयोजक गणेस साहिले बताउनुभयो ।

जिल्लामा संगठित किशोरी बृत समुहका पदाधिकारीहरु (निर्मला मडै, निर्मला भट्ट, मानमती टेलर र ममता भट्ट) लाई सम्मेलनमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

उनिहरुले बैतडी जिल्लामा वालविवाहको समस्या, वालीकाका मुद्धा र यसका सवालहरुमा सम्मेलनमा आवाज उठाउने छन् । साहिका अुनसार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायत जिल्ला स्थीत सम्पुर्ण सरोकारवाला स्थानिय अभिवावक र वालिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सबैले बैतडी जिल्लालाई विक्रम संम्बद २०७५ भित्र वालविवाह मुक्त घोषणा गर्ने सामुहिक प्रतिवद्धता समेत गरेका छन् ।

चैत्र १० गते हुने वालिका सम्मेलनमा सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी लगायत देशका १५ जिल्लाका वालिकाहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई