2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुपोषित बालबालीका लागी पुर्नस्थापना गृह निमार्ण हुने

ललित बोहरा/चैत २, डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराको भवनसगैँ कुपोषित बालबालीकाको लागी पुर्नस्थापना गृह निमार्ण हुने भएको छ । 

जिल्लाका ६ हजार १ सय ६७  बालबालिकाको जाँच गर्दा ८ सय भन्दा बढी बालबालिकामा सिग्रकुपोषण देखिएको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले सर्वजनीक गरेपछि एक गैर–सरकारी संस्थाले पुर्नस्थापना गृह निमार्ण गर्न लागेको हो ।

 करिब ४० लाखको लागतमा ग्रामीण महिला बिकाश केन्द्र (रुडुक) र उपक्षेत्रीय अस्पताल डडेल्धुराको प्रत्यक्ष निगरानीमा एनआरएच कार्यक्रमको आर्थिक सहयोगमा निमार्ण हुने रुडुक डडेल्धुराका कार्यकारी निर्दशन सरस्वती खडकाले जनाएको छ । बुधबार पोषण पुर्नस्थापन कार्यक्रम सम्बन्धी एक दिवसीय पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रमको आयोजनामा सो जानकारी दिईएको हो । 

 डडेल्धुरा जिल्लाभरका बालबालिकामध्ये एक सय ७० जनामा कडाखालको कुपोषण देखिएको छ भने छ सय ३० जनामा मध्यम खालको कुपोषण र बाँकी ५ हजार ३६७ जनामा सामान्य खालको कुपोषण भेटिएको जिल्ला स्वास्थ्य डडेल्धुराका जनस्वास्थ्य प्रशासक वृष बहादुर शाहीले बताए ।

 पुर्नस्थापन गृहमा डडेल्धुरा जिल्ला बाहेक अन्य जिल्लाका पनी कुपोषीत बालबालीकाहरुकोे स्वास्थ्यमा सुधार  नआए सम्म गृहमै राख्ने ब्यबस्था गरीने रुडुक संस्थाका अध्यक्ष मान कुमारी थापाले जानकारी दिनु भयो । 

साथै कडाखालको कुपोषणमा सुधार नभए सम्म पोषणयुक्त खानेकुराको समेत पुर्नस्थापना गृहले ब्यबस्था गर्ने रुडुक डडेल्धुराले जनाएको छ ।

कडा खालको कुपोषण देखिएका बालबालिकाको उपचारका लागि जिल्लामा ५ वटा बहिरंग उपचार केन्द्र रहेको र ती केन्द्रमा कुपोषित भएका बाल बालिकाको १५ दिनसम्म पोषणयुक्त लिटो खुवाएर उपचार गरिँदै आएको छ ।

 खाना अभाव, खाना खुवाउने समय नियमित नहुनु, आमाको स्वास्थ्य कम्जोरी हुनु र स्तनपान नियमित नहुनुजस्ता क्रियाकलापले बालबालिकामा कुपोषणका लक्षण देखापर्न थालेको जनस्वास्थ्य प्रशासक शाहीले बताए ।

 एक दिवसीय पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा नब निर्वाचीत पत्रकार महासंघ डडेल्धुरा शाखाको कार्यसमितीलाई रुडुकका अध्यक्ष मान कुमारी थापा र कार्यकारी निर्देशक सरस्वती खडकाले सम्मान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता