पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक "/>

2026-09-19 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

छोराको विहे भोजको खर्च कटाएर छात्रावृृत्ति कोषको स्थापना

पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक लाख रुपैयाको शिवालय बहुमुखि क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । उनीहरुले आफ्नो छोरा राजन गिरी र बुहारी सन्जु गिरीको विहे भोजको खर्च कटाएर कोष स्थापना गरे । उक्त रकम शिवालय बहुमुखि क्याम्पसलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सहयोग गरेका थिए । छात्रवृत्ति कोष स्थापना गरेका गिरीले विहेमा फजुल रकम खर्च गर्नु भन्दा नजिकको शैक्षिक थलोमा आर्थिक सहयोग गर्दा ठिक हुने ठानेर नै आफूले यो कार्य गरेको बताए ।  उनले आफ्नो स्वगीय मातापिता दिनानाथ गिरी र अम्बावति गिरीको स्मृतिमा कोष स्थापना गरेका हुन् ।

सहयोग रकमलाई क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले बुझेका थिए । रकम बुझेपछि अध्यक्ष पहाडीले भने –‘वर्षभरिमा हुने स्थापना भएको कोष रकमको वर्षभरिमा हुने व्याजले गरीव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।’

पछिल्लो समय विहे भोजमा गरिने अनावश्यक खर्चलाई कम गरी सामाजिक कार्यमा सहयोग गर्ने प्रचलन बढ्दो छ । यो कार्यलाई सामाजिक अभियन्ताहरु पनि सकारात्मक मान्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो