कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज"/>

2026-07-24 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकाको कार्यालय सुभारम्भ


कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज एक कार्यक्रम गरि शुभारम्भ तथा उद्घाटन गरिएको छ । 

ढोरपाटन नगरपालिका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको बोर्ड अनावरण गरि बाचन गरेर कार्यालयको औपचारिक रुपमा सुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले संघिय संरचना अनुसार स्थानिय तह व्यवहारिक कार्यान्वयनमा गएपछि एकात्मक केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य भई नागरिकलाई पयक पर्ने गरि घरदैलोबाटै सेवा लिने र आफ्नो ठाउँको विकास आफैले गर्ने व्यवस्थाको थालनी भएको बताएका थिए । 

उनिहरुले साधन स्रोतले सम्पन्न ढोरपाटन नगरपालिकालाई आर्थिक रुपमा सवल र समृद्धि बनाउने जिम्मेवारी स्थानिय राजनितिक दल र सरोकारवालाको काँधमा आएको बताएका थिए । कार्यक्रममा नेपाली काँग्रश बागलुृङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले स्थानिय विकासका लागि सवै राजनितिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

नेकपा एमाले बागलुङका सदस्य केसर छन्त्यालले स्थानिय तहको कार्यान्वयनको लागि निर्वाचन अनिबार्य रहेको भन्दै त्यसले संविधान कार्यान्वयनको सुभारम्भ गर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य चन्द्र आर्यालले राज्यको पुनर्संरचना अनुसार बनेका स्थानिय तहले मुलुकको आमुल परिबर्तन र तल्लो तहमा नागरिकलाई अधिकार सम्पन्न बनाउने एैतिहाँसिक सफलता भएको बताउनुभयो । 

ढोरपाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको औपचारिक सुभारम्भ भएपनि कार्यसम्पादनमा केहि अन्यौलता रहेको भन्दै कतिपय कुरा माथिल्लो तहबाट समय क्रमसँगै स्पष्ट हुँदै जाने र केहि कुरा काम गर्दै जाँदा प्रष्ट हुने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टिका निमबहादुर भण्डारी, नयाँ शक्ति पार्टिका गोपाल विश्वकर्मा, एकीकृत सेवा केन्द्रका लोकबहादुर कुँवर, रेडक्रस सोसाईटि बुर्तिबा साखाका सभापती मेषलाल शर्मा, बुर्तिबाङ यातायात व्यवसायि समितिका महासचिव नरहरी भुषाल, महिला अगुवा दुर्गादेवि घर्ती, वडा नागरिक मञ्चका गुञ्जबहादुर भण्डारी, वडा सचिव विष्णुप्रसाद शर्मा र पत्रकार लोकेन्द्र सुनारले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलका अगुवा, सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । 

कार्यक्रम ढोरपाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलको अध्यक्षता, वडा सचिव कमलप्रसाद कँडेलको स्वागत र समाजिक परिचालक विष्णु विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक