कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकाको कार्यालय सुभारम्भ

३ चैत्र २०७३, बिहीबार १३:००


कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज एक कार्यक्रम गरि शुभारम्भ तथा उद्घाटन गरिएको छ । 

ढोरपाटन नगरपालिका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको बोर्ड अनावरण गरि बाचन गरेर कार्यालयको औपचारिक रुपमा सुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले संघिय संरचना अनुसार स्थानिय तह व्यवहारिक कार्यान्वयनमा गएपछि एकात्मक केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य भई नागरिकलाई पयक पर्ने गरि घरदैलोबाटै सेवा लिने र आफ्नो ठाउँको विकास आफैले गर्ने व्यवस्थाको थालनी भएको बताएका थिए । 

उनिहरुले साधन स्रोतले सम्पन्न ढोरपाटन नगरपालिकालाई आर्थिक रुपमा सवल र समृद्धि बनाउने जिम्मेवारी स्थानिय राजनितिक दल र सरोकारवालाको काँधमा आएको बताएका थिए । कार्यक्रममा नेपाली काँग्रश बागलुृङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले स्थानिय विकासका लागि सवै राजनितिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

नेकपा एमाले बागलुङका सदस्य केसर छन्त्यालले स्थानिय तहको कार्यान्वयनको लागि निर्वाचन अनिबार्य रहेको भन्दै त्यसले संविधान कार्यान्वयनको सुभारम्भ गर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य चन्द्र आर्यालले राज्यको पुनर्संरचना अनुसार बनेका स्थानिय तहले मुलुकको आमुल परिबर्तन र तल्लो तहमा नागरिकलाई अधिकार सम्पन्न बनाउने एैतिहाँसिक सफलता भएको बताउनुभयो । 


ढोरपाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको औपचारिक सुभारम्भ भएपनि कार्यसम्पादनमा केहि अन्यौलता रहेको भन्दै कतिपय कुरा माथिल्लो तहबाट समय क्रमसँगै स्पष्ट हुँदै जाने र केहि कुरा काम गर्दै जाँदा प्रष्ट हुने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टिका निमबहादुर भण्डारी, नयाँ शक्ति पार्टिका गोपाल विश्वकर्मा, एकीकृत सेवा केन्द्रका लोकबहादुर कुँवर, रेडक्रस सोसाईटि बुर्तिबा साखाका सभापती मेषलाल शर्मा, बुर्तिबाङ यातायात व्यवसायि समितिका महासचिव नरहरी भुषाल, महिला अगुवा दुर्गादेवि घर्ती, वडा नागरिक मञ्चका गुञ्जबहादुर भण्डारी, वडा सचिव विष्णुप्रसाद शर्मा र पत्रकार लोकेन्द्र सुनारले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलका अगुवा, सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । 

कार्यक्रम ढोरपाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलको अध्यक्षता, वडा सचिव कमलप्रसाद कँडेलको स्वागत र समाजिक परिचालक विष्णु विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 



    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की