२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एकहत्तर जिल्लालाई उछिन्दै बैतडी जिल्ला स्वास्थ्य चौथो स्थानमा

२०७२, ३ चैत्र बुधबार १६:०७

नरी बडु, चैत्र ३ बैतडी । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष कार्य सम्पादनका आधारमा गर्ने मुल्याङ्कनमा यस वर्ष बैतडी जिल्ला देशका ७१ जिल्लालाई उछिन्दै चौथो स्थानमा पर्न सफल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य मन्त्रालयले दिएका काम चुस्त, दुरुस्त र मापदण्डअनुसार गर्नुपर्ने कार्य ७१ जिल्ला भन्दा राम्रो गरेकाले चौथो स्थानमा पर्न सफल भएको हो । मुल्याङ्कन टोलीले तयार पारेको ३५ वटा सूचकबाट प्राप्त अंकका आधारमा बैतडीले ८६ दशमलब ८ अंक प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डक्टर गुणराज अवस्थी बैतडी आएपछि स्वास्थ्यमा चर्चा पाएको बैतडीले पाल्पा, अक्षाम र म्याग्दीलाई भने उछिन्न सकेन् । मन्त्रालयले जनाएअनुसार ८९ दशमलब ३ अंकले पाल्पा पहिलो, ८८ दशमलब ९ अंकका साथ अक्षाम दाश्रो र ८७ अ‍ैकंका साथ म्याग्दी तेश्रो स्थानमा पर्न सफल भएका छन् । तेश्रो स्थानबाट बैतडी म्याग्दी संग झिनो अंकले अर्थात शुन्य दशमल २ अंकले चुकेको हो ।

स्वास्थ्य क्षेत्रको विकासका लागि तल्लीन बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले आउदो वर्षको सुचकांकमा नम्बर वन भएर छाड्ने विश्वास व्यक्त गरेका छन् । अवस्थीले गएको वर्ष १५ स्थानमा रहेको जिल्ला अहिले ११ स्थान माथि उक्लीनुमा सम्पुर्ण स्वास्थ्यकर्मि टीम, स्थानिय समुदाय, पत्रकार, राजनितिक दल लगायत सबैको हात रहेकाले सबैलाई धन्यवाद सहित आउदा दिनमा पनि सहयोगको र सहकार्यको आपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला