Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

छुटेका भूकम्पपीडितलाई सम्बोधन गर्न माग

२०७३, ३ चैत्र बिहीबार १३:५६

चैत ३, नुवाकोट । भूकम्पपीडित लाभग्राहीको सूचीमा नपरेका पीडितको गुनासो तत्काल सम्बोधन गर्न तत्कालीन शिवपुरी गाउँपालिका–७ सुनखानीका बासिन्दाले माग गरेका छन् । 

‘भूकम्पपछिको पुनर्निर्माणको सवाल’ विषयको सार्वजनिक सुनुवाइमा स्थानीय राजनीतिक दल र गाविसका प्रतिनिधि तथा भूकम्प पीडितले छुटमा परेकाहरुको गुनासो सम्बोधन गर्न माग गरेका हुन् । 

इन्सेक र रुडेक नेपालको सहकार्यमा भएको कार्यक्रममा गाविसका प्राविधिक सहायक नारायण पाण्डेले ९८ जना छुटको गुनासो दर्ता भएकामा छको मात्र सुनुवाइ भएकाले बाँकीबारे अन्योल कायम रहेको बताउनुभयो । 

“वास्तविक पीडितहरु छुटेको र उनीहरुको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बोधन भएर नआउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले पटक पटक हामीलाई सोध्छन् । जवाफ के दिने ? कहिलेसम्म हुने हो, सरकारले निक्र्याेल गर्नुप¥यो ।” 

नेकपा(एमाले)का स्थानीय अध्यक्ष कृष्णप्रसाद पाण्डे र नेपाली कांँग्रेसका सभापति माधवप्रसाद भेटवालले सरकारले पठाएका प्राविधिकको कमजोरीको कारण अहिले पनि भूकम्पपीडित पीडित भइरहनुपरेकाले छुटलाई तत्काल लाभग्राहीको सूचीमा समेट्न आग्रह गर्नुभयो । 

तत्कालीन सुनखानीमा छ सय ३१ घर लाभग्राहीको सूचीमा परेका थिए । अहिलेसम्म पहिलो किस्ता सूचीमा परेका सबैले प्राप्त गरिसकेका छन् । सुनखानीमा ३५ वटा नयाँ घर निर्माणको चरणमा तथा थप ५० वटाको जग खन्ने काम सम्पन्न भएको प्राधिकरणबाट खटिएका इ रिवज खत्रीेले बताउनुभयो । 

उहाँका अनुसार दक्ष कामदार, निर्माण सामग्री र पीडितसँग घर बनाउनका लािग आवश्यक रकम अभावले नयाँ घर बनाउने कामले तीव्रता लिएको छैन । उहाँले भूकम्पीय जोखिममुक्त घर बनाउनका लागि स्थानीय सामग्री नै प्रयोग गरी पुरानै शैलीको घरसमेत निर्माण गर्न सकिने भएकाले आफ्नो क्षमतानुसारको घर मापदण्डमा रहेर निर्माण गर्न पनि आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश