2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गुफामा अड्कीएको सव अझै निकाल्न सकिएन, विषेश टोलीको पहिलो प्रयास असफल

नरी बडु, चैत्र ४ बैतडी ।
स्थानियले देखेको बैतडीको पाताल भूमेश्वर भित्र रहेको शव अझै बाहिर निकाल्न सकिएको छैन् ।
गुफभित्र जान एकदमै असजिलो भएकाले तिन दिन वितिसक्दा समेत सब निकाल्न नसकिएको हो ।  सव निकाल्न कैलालीको अतिरीयाबाट आएको शसस्त्र प्रहरीको विषेश टोलीले आज गुफा भित्र फसेको सव निकाल्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

बुधबार विषेश टोली सव निकाल्न गुफाभित्र पसेको भएपनि सव सुन्नीएको अवस्थामा र त्यो ठाँउमा एकदमै साँघुरो ठाँउ भएकाले निकाल्न सकिएको छैन् ।

शबलाई निकाल्नको लागी कैलालीको अतरीया बाट ईन्सपेक्टर राजेन्द्र कुवरको नेतृत्वमा आएको ७ जनाको टोली, २ जना स्थानीय र गरी ९ जनाको टोली को पहिलो प्रयास असफल भएको छ ।

फागुन २४ महाशिवरात्री देखी वेपत्ता पाटन नगरपालिकाका ५० वर्षिय भरत बहादूर चन्दको शब मृत अवस्थामा अस्ती पातालभूमेश्वर गुफा भित्र भेटीएको थियो ।

स्थानीय तिलख बिस्टले चन्दको शब गुफा भित्र देखेपछी प्रहरीलाई खबर गर्नु भएको थियो । बैतडीका प्रहरी र स्थानीयबासिले शब बाहीर निकाल्न नसकेपछी कैलालीबाट सशस्त्रको टोली आएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले बताउनुभयो ।

पतालभुमेश्वरमा हिजो दिउसो प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरीकार्यलयका प्रमुख प्रहरी नावय उपरिक्षक मोहन प्रसाद पोख्रेल, ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर कृष्ण साउद, पुर्व जिविस सभापति परमानन्द भट्ट लगायतका व्यक्तिहरुजानु भएको थियो ।

स्थलगत अवस्थाको अवलोकन गरीसकेपछि बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरी प्रमुखले गुफा धेरै गहिरो भएकाले भित्र सम्म जाँदा फेरी घटना दोहोरीन सक्ने सम्भावना भएकाले गुफाको धेरै भित्रसम्म नजान सबैमा सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई