पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएका छन् ।
उनले यहि चैत्रको तेस्रो साता देखि कुश्मा वरपर रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्नको लागि लम्फू चलचित्रको आधा काम पर्वतमा गर्न लागेको बताए । उनले उक्त चलचित्रको ५० प्रतिशत छायाँकन हुने र सोका लागि चलचित्रको टोली १७ गतेभित्र पर्वतमा आउने बताए ।
रेमिट्यान्स पुस्ताको प्रतिनिधी पात्रको रुपमा तयार हुँदै गरेको चलचित्र लम्फू सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको यस्तै एक पात्रको कथा भएको निर्देशक लामिछानेल साझा सवाललाई बताए ।
चलचित्रमा लम्फूले तय गर्ने बाटोमा स्पिड ब्रेकर धेरै छन् ।यस्ता स्पिड ब्रेकरले उसको यात्रालाई कुन दिशा र गन्तव्य दिन्छन् फिल्मको कथा यसैको सेरोफेरोमा उनिएको छ उनले भने ।
पर्वत र काठमाडौंको पृष्ठभूमिमा बुनिएको फिल्मले गाउँ र सहरका भिन्नता हैन समान चरित्रलाई उजागर गर्छ । ४० दिने सुटिङ अवधि रहेको फिल्म सोमबारबाटै फ्लोरमा जाँदैछ । ‘सोसल ड्रामा’ जन्रामा बन्न लागेको फिल्मबाट कबिर खड्काले डेब्यु गर्दैछन् जो अस्कर कलेजका स्नातक हुन् ।
फिल्म पपुलर मल्टिमिडियाको ब्यानरमा बन्न लागेको हो जसले यसअघि किन लाग्छ माया, बोक्सी (फिचर फिल्म) दि मिरर (लघु चलचित्र) र पुनम इन्टरटेनमेन्ट प्रा.लिसंग व्यष्लत ख्भलतगचभ ओ माइ म्यान ! लघु चलचित्र शीर्षकमा फिल्म निर्माण गरिसकेको छ । राम्रो ब्यानर तथा कथा भएका कारण चलचित्रले दर्शकहरुको माया पाउनेमा उनी निकै बिश्वस्त देखिए