२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीलाई २०७५ भित्र बालविवाहमुक्त घोषणा गरिने

२०७२, ५ चैत्र शुक्रबार ०६:५८

भगिरथ अवस्थी, चैत्र ५ बैतडी । 
बैतडीलाई विस २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गरिने भएको छ ।

बालविवाहका कारण किशोरकिशोरीहरुको शिक्षा,स्वास्थ्य,सामाजिक,आर्थिक लगायतका क्षेत्रमा नकारात्मक प्रभाव परीरहेकाले जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि प्रयास थालिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

बालविवाह रोकथामका लागि जिल्लाभरी सचेतनाका कार्यक्रम संचालन गरिने प्रजिअ अधिकारीले जानकारी दिए । बालविवाह न्यूनीकरणका लागि जिल्लाभरीका किशोरीवृत समूह तथा महिला संस्थाहरुलाई सक्रिय पारिएको महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका प्रमुख महिला विकास अधिकृत अनिता बुढाऐरले जानकारी दिए ।

बालविवाह सर्वाङिगण विकासको बाधक भएकाले यसलाई रोक्नका लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैतडीलाई २०७५ सालभित्र स्वास्थ्यको नमूना जिल्ला बनाउने लक्ष्य लिइएको र त्यसका लागि पनि बालविवाहमुक्त जिल्ला अनिवार्य भएकाले बालविवाहमुक्त जिल्ला घोषणाका लागि सबैले लाग्नुपर्नेमा जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए  ।

जिल्लालाई २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा समेत जिल्लास्थित सरोकारवाला निकायहरुले हस्ताक्षर गरिसकेका छन् ।

यही चैत १० गते काठमाण्डौंमा सम्पन्न हुने प्रथम राष्ट्रिय बालिका सम्मेलनमा प्रतिबद्धता पत्र सार्वजनिक गरिने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । प्रथम राष्ट्रिय बालिका सम्मेलनमा बैतडीबाट ६ जना किशोरीको सहभागिता रहने समेत उनले बताए ।

बालिका सम्मेलनमा भाग लिन जाने किशोरीको छनौट अघि अन्तरपुस्ता सम्वाद सम्पन्न गरिएको थियो । सो सम्वादमा किशोरकिशोरी अभिभावक तथा सरोकारवाला निकायले बालविवाहका बारेमा खुलेर सम्वाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला