१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीलाई २०७५ भित्र बालविवाहमुक्त घोषणा गरिने

५ चैत्र २०७२, शुक्रबार ०६:५८

भगिरथ अवस्थी, चैत्र ५ बैतडी । 
बैतडीलाई विस २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गरिने भएको छ ।

बालविवाहका कारण किशोरकिशोरीहरुको शिक्षा,स्वास्थ्य,सामाजिक,आर्थिक लगायतका क्षेत्रमा नकारात्मक प्रभाव परीरहेकाले जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि प्रयास थालिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

बालविवाह रोकथामका लागि जिल्लाभरी सचेतनाका कार्यक्रम संचालन गरिने प्रजिअ अधिकारीले जानकारी दिए । बालविवाह न्यूनीकरणका लागि जिल्लाभरीका किशोरीवृत समूह तथा महिला संस्थाहरुलाई सक्रिय पारिएको महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका प्रमुख महिला विकास अधिकृत अनिता बुढाऐरले जानकारी दिए ।

बालविवाह सर्वाङिगण विकासको बाधक भएकाले यसलाई रोक्नका लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैतडीलाई २०७५ सालभित्र स्वास्थ्यको नमूना जिल्ला बनाउने लक्ष्य लिइएको र त्यसका लागि पनि बालविवाहमुक्त जिल्ला अनिवार्य भएकाले बालविवाहमुक्त जिल्ला घोषणाका लागि सबैले लाग्नुपर्नेमा जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए  ।

जिल्लालाई २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा समेत जिल्लास्थित सरोकारवाला निकायहरुले हस्ताक्षर गरिसकेका छन् ।

यही चैत १० गते काठमाण्डौंमा सम्पन्न हुने प्रथम राष्ट्रिय बालिका सम्मेलनमा प्रतिबद्धता पत्र सार्वजनिक गरिने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । प्रथम राष्ट्रिय बालिका सम्मेलनमा बैतडीबाट ६ जना किशोरीको सहभागिता रहने समेत उनले बताए ।

बालिका सम्मेलनमा भाग लिन जाने किशोरीको छनौट अघि अन्तरपुस्ता सम्वाद सम्पन्न गरिएको थियो । सो सम्वादमा किशोरकिशोरी अभिभावक तथा सरोकारवाला निकायले बालविवाहका बारेमा खुलेर सम्वाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता